SamwadKhabar logo

समाचार

साढे ७ महिनापछि पर्याप्त वर्षा, किसानलाई राहत

प्रमिला भुजेल

प्रमिला भुजेल

साढे ७ महिनापछि पर्याप्त वर्षा, किसानलाई राहत

वैशाख २५, काठमाडौं । साढे ७ महिना लामो अवधिपछि वर्षा भएपछि पर्वतका किसानलाई राहत मिलेको छ । लामो समयसम्म खडेरी परेका कारण हिउँदे खेतीबाली प्रभावित भएपछि निराश भएका किसान सोमबार दिउँसोदेखि वर्षा भएर किसान हर्षित बनेका हुन् । 

खेतबारीमा लगाएको गहुँ, तोरी, आलु फापर, जौ, तरकारीको उत्पादन न्यून हुँदा निराश बनेका किसान बर्खेबाली लगाउन पाउने भएपछि हर्षित बनेका छन् । वर्षा नहुँदा खेतबारीमा लगाएका मकै सुक्न थालेका थिए भने कोदो र धानको बीउ समेत उम्रिन पाएको थिएन । 

सिँचाइको सुविधा भएका ठाउँका किसानभन्दा सिँचाइको सुविधा नभएका ठाउँका किसानलाई ठुलो राहत मिलेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । वर्षा भएपछि किसानलाई खेतबारी जोतखन गर्ने र बर्खे बाली लगाउन सहज भएको छ । वर्षा भएपछि किसान मकै गोडमेल गर्न व्यस्त हुन थालेका छन् । 

गएको असोज पहिलो साता परेको वर्षापछि कात्तिक, मङ्सिर, पुस, माघ, फागुन, चैत महिनाभर वर्षा नभएका कारण सिँचाइको सुविधा नभएका ठाउँमा गरिएको गहुँ, आलु, जौ, फापरलगायतको खेती भने राम्रोसँग फस्टाउन नपाएको वरिष्ठ कृषि विकास अधिकृत परशुराम अधिकारीले बताए । पर्वतमा सिँचाइ सुविधा पुगेको झन्डै आठ हजार हेक्टरबाहेक अधिकांश स्थानका किसान भने वर्षाको भरमा निर्भर रहनुपर्ने बाध्यता छ । 

यसवर्ष खेतमा मकै लगाउन ढिला भएकाले अधिकांश किसानले बाँझै राखेका छन् । ढिलोगरी वर्षा भए पनि बारीमा मकै लगाउन, लहरेबालीलगायत विभिन्न तरकारी र बर्खे आलुलगाउन भने सहज भएको किसानको भनाइ छ । हरेक वर्षको एकपटक हिउँ पर्ने पर्वतको बनौँ, लेखफाँट, शालिजा, पन्चासे क्षेत्रमा यसपटक भने हिउँ नपरेको जलजला–९ बनौका वडा अध्यक्ष गौबहादुर पुनले बताए । 

कृषि ज्ञान केन्द्रका अनुसार खडेरीका कारण हिउँदे खेती उत्पादनमा ४० प्रतिशतभन्दा बढीले कमी आएको छ । सबैभन्दा बढी तेलहन र गहुँ बाली प्रभावित भएको वरिष्ठ कृषि विकास अधिकृत अधिकारीले बताए । त्यसबाहेक फापर, जौ, आलुलगायत मौसमी तथा बेमौसमी तरकारीबाली समेत प्रभावित बनेको छ । 

वर्षा भएपछि वनजङ्गलमा लागिरहेको डढेलो पनि नियन्त्रणमा आएको छ भने प्रदूषण समेत क्रमशः घट्दै गएको डिभिजन वन कार्यालय पर्वतका प्रमुख झ्यामनारायण सापकोटाले बताए । –रासस

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि