SamwadKhabar logo

समाचार

संरक्षणको पर्खाइमा खोकनाका ४ पोखरी

प्रमिला भुजेल

प्रमिला भुजेल

संरक्षणको पर्खाइमा खोकनाका ४ पोखरी

जेठ ६, काठमाडौं । ललितपुर महानगरपालिका–२१ खोकनामा ‘खा’, ‘गा’, ‘फङा’ र ‘कमल’ गरी चारवटा पोखरी छन् । उचित संरक्षणको अभावमा ती दिनप्रतिदिन विरुप बन्दै गएका छन्। स्थानीय ७७ वर्षीय कृष्ण डुङ्गोलले संरक्षणको अभावमा ती पोखरीको प्राकृतिक स्वरूप बग्रिन थालेको बताए ।

उनले भने, ‘यी पोखरी बाबुबाजेको पालामा निर्माण भएका थिए तर संरक्षण हुननसक्दा पहिलोको स्वरुपमा छैनन् । कोही सुख्खा छन् भने केहीमा हिलोमात्रै छ । तरबारसमेत गर्न सकिएको छैन ।’स्थानीय जगत डुङ्गोल पनि यहाँका पोखरी संरक्षणका लागि स्थानीय तहले उचित योजना बनाउनुपर्ने बताउँछन् । बसपार्क छेउमा रहेको ‘खा’ पोखरी मिचेर फराकिलो बनाउने मनसायसहित छलफल चलिरहेकाले त्यसतर्फ सबै सचेत रहनुपर्ने उनको भनाइ छ ।

‘बसपार्क फराकिलो बनाउने वा नबनाउने भन्ने विषयमा छलफल जारी छ । बसपार्क पनि आवश्यक हो तर प्राकृतिक पोखरीको अस्थित्व जोगाउन पनि त ध्यान दिनुपर्‍यो । पोखरीलगायत यहाँका सम्पदा संरक्षणमा स्थानीय तह र सम्बद्ध पक्ष जागरुक हुनुपर्छ’, उनले भने ।खोकना पर्यटकीय दृष्टिकोणले सम्भावित गाउँ भएकाले यहाँका पोखरी र परम्परागत तेल व्यवसाय बचाइराख्नुपर्ने स्थानीय सुरेश डङ्गोलको भनाइ छ ।

पोखरी भरणका लागि आवश्यक पानी ल्याउन बनाइएका राजकुलो पनि अतिक्रमणमा परेकाले पोखरी सुख्खा हुने समस्या रहेकाले त्यसको निरुपण गर्न ध्यान दिनुपर्ने बताए । उनले भने, ‘पोखरीमा राजकुलोबाट पानी आउनुपर्ने हो तर आजभोलि आउनै छाड्यो । पोखरी सुक्खा छन् । भएका पोखरीको संरक्षण गर्न सकिएको छैन । यसमा जिम्मेवार निकायको ध्यान जानुपर्छे ।’

स्थानीयवासीले कुनै काममा निस्कँदा बाटोमा दायाँबायाँ पोखरी हेरेपछि शुभसाइत हुन्छ भन्ने मान्यतासहित यहाँ पोखरी निर्माण गरिएका स्थानीय जगत् डुङ्गोलले जानकारी बताउँछन् । त्यसैकारण बसपार्क छेउमा दायाँबायाँ खापोखरी र कमलपोखरी छन् ।

ललितपुर महानगरपालिका-२१ का वडाध्यक्ष रविन महर्जन तेल व्यवसायमा परिचित खोकनाका पोखरीलगायत अन्य ऐतिहासिक सम्पदा जोगाउन जरूरी रहेका बताउँछन् ।ऐतिहासिक तोरी पेल्ने मिल, पोखरी, मन्दिर र परम्पराको जगेर्ना गरी पर्यटन प्रवर्द्धनमा जोड दिन वडा कार्यालयले योजना बनाइरहेको बताए । –रासस

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि