SamwadKhabar logo

समाचार

पोखराको प्राइम सहकारी घोटला प्रकरणमा थप एक जना पक्राउ

प्रमिला भुजेल

प्रमिला भुजेल

पोखराको प्राइम सहकारी घोटला प्रकरणमा थप एक जना पक्राउ

जेठ ७, काठमाडौं । पोखराको प्राइम बहुउद्देश्यीय सहकारी घोटला प्रकरणमा थप एक जना पक्राउ परेका छन् । कास्की प्रहरी प्रमुख एसपी मोहन थापाका अनुसार प्राइम सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरु केसीको मुख्य योजनामा रकम हिनामिना गरेको आरोपमा प्रहरीले सोमवार बिहान उत्तम मगरलाई पक्राउ गरेको हो ।

प्राइम सहकारीबाट एक अर्ब ५४ करोडभन्दा बढी हिनामिना भएकोमा धेरै ठूलो रकम अपचलनमा मगरको पनि संलग्नताका देखिएको प्रतिवेदन र अनुसन्धानबाट पत्ता लागेपछि पक्राउ गरिएको उनले बताए । 

गत मंगलवार प्रहरीले  सहकारी रजिस्टायको कार्यालय गण्डकीले गराएको वित्तीय विश्लेषण र रायसहितको प्रतिवेदनकै आधारमा पीडित बचतकर्ता तथा सेयर सदस्यलाई उजुरी गर्न आह्वान गरेर प्रमुख कार्यकारी अधिकृत पौडेल, व्यवस्थापक थापा, सञ्चालक समितिका अध्यक्ष शंकर कार्कीलगायत ८ जनालाई प्रक्राउ गरेको थियो ।

उत्तम मगरसहित पक्राउ पर्नेको संख्या ९ पुगेको छ । सहकारीका पूर्वअध्यक्ष निदेशप्रसाद कोइराला, पूर्वकोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा विभाग प्रमुख सुनील थापा, सल्लाहकारका नाममा सहकारीबाट पैसा चलाउनेदेखि ऋणीबाट पैसा उठाउने, जग्गा लिइदिनेसम्ममा संलग्न भएका मनबहादुर गुरुङ (माने) र सहकारीका कानुनी सल्लाहकार अधिवक्ता ईन्द्रप्रसाद बराललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ ।

पक्राउ परेका उत्तम मगरको नाममा १३ करोड ७७ लाख २३ हजारमा काल्पनीक कर्जाको हिसाब समायोजन गरेपश्चात १३ करोड ४७ लाख २३ हजार असुल हुनुपर्ने राय प्रतिवेदनले दिएको छ ।

प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणिकै मिलेमतोमा सहकारीको पैसा जग्गामा लगाएको, जग्गाको मूल्यलाई सम्पत्तीमा कायम नगरी ऋणी कै नाममा कर्जा देखिएको प्रतिवेदनले जनाएको छ । प्राइम सहकारीको रकमबाट व्यक्तिगत सम्पत्ति आर्जन गर्ने, फर्जी खाता र कर्जा प्रवाह देखाएर डेढ अर्बभन्दा बढी अपचलन गरिएको प्रतिवेदनले जनाएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि