SamwadKhabar logo

समाचार

थलीमा भेटिएका मृतक नगरकोटीले आत्महत्या गरेको आशंका

प्रमिला भुजेल

प्रमिला भुजेल

थलीमा भेटिएका मृतक नगरकोटीले आत्महत्या गरेको आशंका

जेठ ८, काठमाडौं । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार कागेश्वरी मनोहरा नगरपालिका–५, थलीमा मृत फेला परेका भक्तपुर नगरपालिका–७, छालिङका ५२ वर्षीय कृष्ण नगरकोटीले आत्महत्या गरेको हुनसक्ने देखिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका अधिकृतहरुका अनुसार, प्रारम्भिक अनुसन्धान र उनको छोराछोरीसँग सोधपुछपछि उनले ब्लेडले घाँटीमा काटेर आत्महत्या गरेको हुनसक्ने देखिएको हो ।

प्रहरीले नगरकोटीका छोरा २१ वषीय रिचेनलाई फर्पिङबाट घाइते अवस्थामा नियन्त्रणमा लिएपछि सोधपुछमा बुबाले आत्महत्याका लागि मुखमा कपडा राखेर ब्लेडले घाँटी रेट्ने तरिका सिकाएको नगरकोटीका छोरा रिचेनले बताए । उनले भने, ‘२ वटा ब्लेड र १२५ रुपैयाँ गाडी भाडा दिएर दक्षिणकाली नगरपालिका–१ को जंगलमा गएर आत्महत्या गर्नु भन्नुभएको थियो’,  ‘म पनि कुनै स्थानमा गएर आत्महत्या गर्छु भनेर बताउनुभएको थियो ।’ 

काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीका अनुसार, आत्महत्या गर्न लागेको अवस्थामा प्रहरीको सिआरभी टोलीले छोरा रिचेनलाई नियन्त्रणमा लिएको थियो ।

नगरकोटीका छोरी २८ वर्षीया रश्मी नगरकोटी र छोरा रिचेन दुवैको मानसिक अवस्था सामान्य नरहेको प्रहरीले जनाएको छ । 

१५ वर्षदेखि ट्याक्सी चालकको रुपमा काम गरेका मृतक नगरकोटीको श्रीमतीले छाडेर गएपछि छोरा र छोरी लिएर रविभवनमा बस्दै आएका थिए । डेराको भाडा तिर्न नसकेपछि तीन महिनादेखि छोराछोरीसहित ट्याक्सीमै बस्दै आएको  पाइएको प्रहरीले जनाएको छ ।

सोमवार बिहान १० बजेतिर सेतोपुल नजिक ट्याक्सी विग्रिएपछि मिस्त्री बोलाएर ल्याउँछु भनेर छोरी रश्मीलाई छाडेर रिचेनलाई लिएर बुबा निस्किएका थिए ।

प्रहरीका अनुसार, आर्थिक अभाव र गरिबीका कारण उनले छोरालाई समेत आत्महत्याको मुख पुर्‍याएको हुनसक्ने देखिएको छ । कृष्णका छोरा रिचेनले प्रहरीसँग गरेको दाबीअनुसार, कृष्णले कालो कपडाले अनुहार छोपेर ‘भोग दिन प्रभुले भनेको’ बताउने गरेका थिए ।

यस घटनामा थप अनुसन्धान भइरहेको छ ।कालो टिसर्टले अनुहार छोपेको अवस्थामा र घाँटी रेटेको अवस्थामा कृष्ण मृत फेला परेका थिए । 

ताजा

सबै

काठमाडौं महानगरको सिप मेला सुरु

८ जेठ, काठमाडौं । काठमाडौँ महानगरपालिकाले सिप मेला२०८२ का कार्यक्रम सुरु गरेको छ …

सेवा र विकासका लागि युवाद्वारा ककनीमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

८जेठ, काठमाडौं । सेवा र विकासका लागि युवाले ककनी गाउँपालिकाका ५ का विद्यार्थीलाई …

गौशालामा बस अनियन्त्रित भई दुर्घटना

जेठ ७, काठमाडौं । काठमाडौं महानगरपालिका८ स्थित गौशालामा एक बस अनियन्त्रित भएर दुर्घ…

साइबर कानुनसम्बन्धी कक्षा सञ्चालन गर्दै प्रहरी

७ जेठ, काठमाडौं । ओखलढुङ्गा जिल्लाअन्तर्गत सिद्धिचरण नगरपालिका११ मा नेपाल प्रहरीले सा…

लोकप्रिय

सबै

गौशालामा बस अनियन्त्रित भई दुर्घटना

जेठ ७, काठमाडौं । काठमाडौं महानगरपालिका८ स्थित गौशालामा एक बस अनियन्त्रित भएर दुर्घ…

सेवा र विकासका लागि युवाद्वारा गुरुकुलमा शैक्षिक सामग्री वितरण

६ जेठ, काठमाडौं । सेवा र विकासका लागि युवाद्वारा आयोजित श्रीपरमानन्द संस्कृत गुरुकु…

काठमाडौं महानगरको सिप मेला सुरु

८ जेठ, काठमाडौं । काठमाडौँ महानगरपालिकाले सिप मेला२०८२ का कार्यक्रम सुरु गरेको छ …

सेवा र विकासका लागि युवाद्वारा ककनीमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

८जेठ, काठमाडौं । सेवा र विकासका लागि युवाले ककनी गाउँपालिकाका ५ का विद्यार्थीलाई …

यो पनि