SamwadKhabar logo

खेलकूद

भारत र बंगलादेशबिचको अभ्यास खेल न्यूयोर्कस्थित नयाँ रंगशालामा

प्रमिला भुजेल

जेठ ९, काठमाडौं । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण लागि  तयारी पारिएको अमेरिकाको न्यू योर्कस्थित ‘नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियम’ रंगशालामा अभ्यास खेल खेलिने भएको छ ।स्थानीय आयोजक अनुसार विश्वकपअघि उक्त रंगशालामा भारत र बंगलादेशबिचको अभ्यास खेल खेलिने छ ।

आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुँदैछ ।

उक्त विश्वकप लागि तयारी पारिएको अमेरिकाको न्यू योर्कस्थित ‘नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियम’ को निर्माण कार्य पुरा भइसकेको छ । स्टेडियमको औपचारिक उद्घाटन पनि भइसकेको छ । त्यो रंगशालामा हालसम्म कुनै खेल खेलिएको छैन । तर, औपचारिक रुपमा विश्वकप सुरु हुनुअघि नै उक्त रंगशालामा अभ्यास खेल खेलिने भएको छ ।

भारत र बंगलादेशबिचको अभ्यास खेल जुन १ तारिखमा खेलिने छ ।

भारत र बंगलादेशबिचको अभ्यास खेलका क्रममा दर्शकका लागि पनि रंगशाला खुला गरिने आयोजकले जनाएको छ । ‘भारत र बंगलादेशबिचको अभ्यास खेलका क्रममा हामी दर्शकलाई स्वागत गर्न आतुर छौँ,’ टी–२० विश्वकपका प्रमुख कार्यकारी अधिकृत ब्रेट जोन्सले भनेका छन् ।

भारतले विश्वकप अघि यही एउटा अभ्यास खेलमात्र खेल्नेछ । अन्य राष्ट्रले भने दुई–दुई वटा अभ्यास खेल खेल्नेछन् । टी–२० विश्वकपमा दुई चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तानबिचको खेल पनि यही स्टेडियममा खेलाइने छ । उक्त खेल जुन ९ तारिखमा खेलिने छ ।

‘नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियम’ कुल ३४ हजार दर्शक क्षमताको रहेको छ । यो स्टेडियमको उद्घाटन गत साता गरिएको थियो । उद्घाटन कार्यक्रममा न्यू योर्क सहरमा रहेका विभिन्न खेलका चर्चित खेलाडीहरूको उपस्थिति रहेको थियो ।

रंगशालाको उद्घाटन समारोहमा विश्वकै सबैभन्दा तीव्र गतिका धावक उसेन बोल्ट पनि उपस्थिति भएका थिए । यसका अतिरिक्त वेस्ट इन्डिजका चर्चित क्रिकेटर सर कर्टली एम्ब्रोस, पाकिस्तानका सोएब मलिक, इङ्ल्यान्डका लियाम प्लंकेटलगायतका क्रिकेट पनि सहभागी भएका थिए ।

अमेरिकी क्रिकेट खेलाडी कोरी एन्डर्सन र मोनांक पटेल पनि कार्यक्रममा उपस्थित थिए । टी–२० विश्वकपअघि नेपालले पनि दुई वटा अभ्यास खेल खेल्नेछ । नेपालले पहिलो अभ्यास खेल मे २७ तारिखमा क्यानडासँग खेल्नेछ । नेपालले आफ्नो दोस्रो अभ्यास खेल भने मे ३० तारिखमा आयोजक राष्ट्र अमेरिकासँग खेल्नेछ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…