SamwadKhabar logo

               

खेलकूद

रारा फुटबल प्रतियोगिता: एफसी धनकुटालाई हराउँदै डाँगीहाट सेमिफाइनमा

प्रमिला भुजेल

प्रमिला भुजेल

रारा फुटबल प्रतियोगिता: एफसी धनकुटालाई हराउँदै डाँगीहाट सेमिफाइनमा

जेठ ११, काठमाडौं । धनकुटाको राजारानीमा ११औँ गोर्खा रारा फुटबल प्रतियोगिता सुरु भएको छ । रारा फुटबल क्लबद्वारा आयोजित चौबिसे गाउँपालिका– ६ स्थित पुण्य माविको खेल मैदानमा सुरु भएको प्रतियोगितामा डाँगीहाट सेमिफाइनलमा प्रवेश गरेको छ।

शुक्रवार भएको उद्घाटन खेलमा डाँडाबजार एफसी धनकुटालाई ५–१ ले पराजित गर्दै डाँगीहाट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको पहिलो हाफको २३औँ मिनेटमा डाँगीहाटका मार्टिनले गोल गरी टिमलाई अग्रता दिलाए। दोस्रो हाफको २५औँ मिनेटमा भुवन बस्नेत, ३१औँ मिनेटमा असिम राई, ३४औँ मिनेटमा सुशील राईले एक–एक गोल गरे।

खेलको ४०औँ मिनेटमा डाँडाबजार फुटबल क्लबका विदेशी खेलाडी ओसकाले सान्त्वना एक गोल गरेका थिए। खेलको अतिरिक्त समयमा डिबक्सभित्र डाँगीहाटले फल पाएको थियो। फल पाएपछि पेनाल्टीमार्फत असिम राईले गोल गरी टिमलाई ५–१ को अवस्थामा पुर्‍याएका थिए।

प्रतियोगिताको दोस्रो क्वार्टरफाइनल खेल बिर्तामोड युनाइटेड क्लब झापा र रियल स्टार युथ क्लब हेटौँडाबीच हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा डाँगीहाट युथ क्लब मोरङ, डाँडाबजार फुटबल क्लब धनकुटा, बिर्तामोड युनाइटेड फुटबल क्लब झापा, रियल स्टार युथ क्लब हेटौँडा, भोजपुर जिल्ला फुटबल क्लब, रारा फुटबल क्लब राजारानी, सलहेश युथ क्लब सिराहा र गोल्डेन स्टार फुटबल क्लब राजारानी गरी आठ टिमको सहभागिता रहेको छ।

जेठ १६ गतेसम्म चल्ने उक्त प्रतियोगिताका विजेताले नगद पाँच लाख र उपविजेताले नगद दुई लाख ५० हजार प्राप्त गर्ने रारा फुटबल क्लबका अध्यक्ष मणि चेम्जोङले बताए।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…