SamwadKhabar logo

समाचार

धर्मनिरपेक्ष शब्द संविधान भित्रको कलंक : पूर्व प्रधान न्यायधिश गोपाल पराजुली

प्रमिला भुजेल

प्रमिला भुजेल

धर्मनिरपेक्ष शब्द संविधान भित्रको कलंक : पूर्व प्रधान न्यायधिश गोपाल पराजुली

– नरेन्द्र देव यरी 

जेठ १३, काठमाडौं । पूर्व प्रधान न्यायधिश गोपाल पराजुलीले धर्मनिरपेक्ष शब्द संविधान भित्रको कलंक भएको बताउनु भएको छ । आज स्वयंसेवक संघ नेपालको संघ शिक्षा वर्ग–२०८१ को उद्घाटनको अवसरमा पराजुलीले सो बताउनु भएको हो ।

जेठ ११ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने संघ शिक्षा वर्गको उद्घाटन सत्रलाई सम्बोधन गर्नु हुँदै पराजुलीले संविधानमा अङ्कित धर्मनिरपेक्ष शब्द संविधान भित्रको कलंकका रूपमा रहेको बताउनु भएको हो ।

ब्रिटेनका प्रधानमन्त्री टोनी ब्लेयर क्याथोलिक कृश्चियन भएकै कारणले ३ महिनासम्म सपथ ग्रहण गर्न नपाएको इतिहास स्मरण गराउनु हुँदै पराजुलीले हिन्दू धर्म संस्कृति र देश विरुद्ध भईरहेका षडयन्त्रलाई बुझेर अब हामी सबैले देशको बारेमा गम्भीर भएर सोच्ने बेला आएको बताउनु भयो । 

उहाँले नेपालको हिन्दू राष्ट्रको पहचिानलाई पुर्नस्थापित गर्न हिन्दू स्वयंसेवक संघ अपरिहार्य संगठन भएको बताउनु भयो । उहाँले संघको माध्यमबाट नेपाल राष्ट्र निश्चित रूपमा हिन्दू राष्ट्रको बाटोमा अगाडी बढेको बताउनु भयो ।

पराजुलीले हिन्दू धर्म दर्शनको महानतालाई विज्ञानले पनि सिद्ध गरिरहेको सन्दर्भमा ॐ शब्दको उत्पत्तिका बारेमा र यस शब्दको महत्वका बारेमा वैज्ञानिकहरूले समेत अनुसन्धान गरी संसारकै ओजस्वी शब्द मानेको उल्लेख गर्नु हुँदै भन्नु भयो ‘हाम्रो संविधानमा अङ्कित धर्मनिरपेक्ष शब्द संविधान भित्रको कलंकका रूपमा रहेको छ । त्यसलाई संविधानबाट हटाई हिन्दूराष्ट्र नेपाल बनाउनु प्रत्येक नेपाली नागरिकको कर्तव्य हुनुपर्ने छ ।’

ब्रिटेनका प्रधानमन्त्री टोनी ब्लेयर क्याथोलिक कृश्चियन भएकै कारणले ३ महिनासम्म सपथ ग्रहण गर्न नपाएको इतिहास स्मरण गराउनु हुँदै पराजुलीले हिन्दू धर्म संस्कृति र देश विरुद्ध भईरहेका षडयन्त्रलाई बुझेर अब हामी सबैले देशको बारेमा गम्भीर भएर सोच्ने बेला आएको बताउनु भयो ।

उहाँले प्रत्येक स्वयंसेवकले जस्तै आफ्नो स्वधर्म, स्व–संस्कृती, राष्ट्र, राष्ट्रियताको संरक्षण सम्वद्र्धनका लागि निरन्तर प्रयत्नशिल रहनु पर्ने आवश्यकता औंल्याउनु हुँदै ‘यदि हामी अहिले सजग भएनांै भने हाम्रा आउने वाला सन्ततिले स्वतन्त्र भएर बाच्न पाउने अधिकार गुमाउने निश्चित देखिन्छ’ भन्नु हुँदै सचेतताका साथ हिन्दू जागरण र संगठित शक्ति आवश्यक रहेकोमा जोड दिनु भयो ।

उहाँले प्राचिन नेपालको अभिलेख अनुसार पनि ‘यो देश प्राचिन राष्ट्र हो, सनातन–धर्मावलम्बीहरूको राष्ट्र हो, हिन्दू राष्ट्र नेपाल’ भएकोमा जोड दिनु हुँदै अब शिक्षा क्षेत्रमा पनि व्यापक सुधारको आवश्यकता रहेको बताउनु भयो । विगतमा विभिन्न प्रलोभनमा परि ‘यस राष्ट्रका शिक्षाविद्हरू’ले शिक्षा नीति नै दुषित पारिसकेका प्रति पराजुलीले गम्भिर हुन आग्रह गर्नु भयो ।

शनिवार सर्वोच्च अदालतका पूर्व प्रधान न्यायधिश गोपाल पराजुलीले चितवनको भरतपुरमा वर्गको उद्घाटन गर्नु भएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि