SamwadKhabar logo

समाचार

बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्यामा वृद्धि

प्रमिला भुजेल

जेठ १३, काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । निकुञ्जमा बाघ, चितुवा, हात्ती, जरायो, बाह्रसिङ्गेलगायत वन्यजन्तु हेर्न पर्यटक आउने गरेको निकुञ्ज प्रशासनले जनाएको छ । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले बाघको सङ्ख्या बढेर एक सय २५ पुगेपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको जानकारी दिए । 

भ्रमणका लागि आउने करिब ९० प्रतिशत पर्यटकले बाघ अवलोकन गर्ने गरेका छन् । अघिल्लो आर्थिक वर्षको पुस मसान्तसम्ममा दुई हजार विदेशी पर्यटक निकुञ्ज घुम्न आएकामा चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ४ हजार पर्यटक आएका छन् ।  

अघिल्लो आवको पुस मसान्तसम्ममा छ हजार आन्तरिक पर्यटकले निकुञ्ज भ्रमण गरेकामा चालु आवको सोही अवधिमा १० हजारले भ्रमण गरेका छन् । गत आवको पुस मसान्तसम्ममा ५ सय सार्क मुलुकका पर्यटकले भ्रमण गरेकामा अहिले चालु आवको पुस मसान्तसम्ममा ८ सयले भ्रमण गरेका छन् ।  

“हामीलाई विश्वास छ यसवर्ष करिब २० हजार पर्यटकले निकुञ्ज भ्रमण गर्नेछन्, यसको मुख्य कारण बाघको सङ्ख्या बढेकाले त्यसलाई प्रत्यक्ष रूपमा देख्न पाउनु नै हो”, प्रमुख संरक्षण अधिकृत रामले भने । निकुञ्जका अनुसार अमेरिका, जर्मन, फ्रान्स, न्यूजील्याण्ड, चीन, भारतलगायत मुलुकका विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् ।–रासस 

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि