SamwadKhabar logo

समाचार

गणतन्त्र दिवसका अवसरमा टुँडिखेलमा विशेष सांस्कृतिक कार्यक्रम(तस्बिरसहित)

प्रमिला भुजेल

जेठ १५, काठमाडौं । गणतन्त्र दिवस, २०८१ का अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । शासन व्यवस्था परिवर्तन भएर नेपाल गणतन्त्रात्मक मुलुक भएको १६ वर्ष पूरा भएको उपलक्ष्यमा १७औं गणतन्त्र दिवसमा विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो ।

जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको हो ।

दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । यस वर्ष जेठ १४, १५ र १६ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरूमा दीपावलीलगायत कार्यक्रमहरू गरेर गणतन्त्र दिवस मनाउने निर्णय सरकारले गरेको छ ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीहरू, पूर्वप्रधानमन्त्रीहरू, मन्त्रीगण, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

सो अवसरमा नेपाली सेनाको हेलिकप्टरले गणतन्त्र दिवस–२०८१ लेखिएको ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरेको थियो । समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले मार्चपास गरेका थिए भने नेपालको कला र संस्कृति झल्कने झाँकी प्रदर्शन गरिएको थियो ।

ताजा

सबै

ललितपुर महानगरद्वारा १० उद्यमी महिला सम्मानित

३ असार, काठमाडौं । ललितपुर महानगरले विभिन्न क्षेत्रमा उद्यम सिर्जना गरेका १० उद्यमी म…

ग्वार्कोस्थित फ्लाइओभर ४ दिनपछि सञ्चालनमा आउने, प्रधानमन्त्रीले उद्घाटन गर्ने

२ असार, काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा चार दिनपछि सवारीसाधन चल्ने भएक…

काठमाडौंमा बृहत थारू सांस्कृतिक कार्यक्रम हुँदै

२ असार, काठमाडौं । राष्ट्रिय थारू कलाकार मञ्चले असार ७ गते काठमाडौंमा बृहत राष्ट्रिय…

योग, सनातन संस्कृतिको एउटा अमूल्य उपहार

योग | सनातन संस्कृतिको एउटा अमूल्य उपहार | Yoga| A precious offering of Sanatan S…

लोकप्रिय

सबै

काठमाडौंमा बृहत थारू सांस्कृतिक कार्यक्रम हुँदै

२ असार, काठमाडौं । राष्ट्रिय थारू कलाकार मञ्चले असार ७ गते काठमाडौंमा बृहत राष्ट्रिय…

ग्वार्कोस्थित फ्लाइओभर ४ दिनपछि सञ्चालनमा आउने, प्रधानमन्त्रीले उद्घाटन गर्ने

२ असार, काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा चार दिनपछि सवारीसाधन चल्ने भएक…

मगर समुदायको भूमे पर्व सुरु, ४ जिल्लामा सार्वजनिक बिदा

१ असार, काठमाडौं । मगर समुदायको भूमे पर्व आजदेखि सुरु भएको छ । प्राकृतिक विपत्ति न…

नेपालको पहिलो विद्यार्थी आन्दोलन : "जयतु संस्कृतम्" दिवस मनाइँदै

१ असार, काठमाडौं । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् अभियान को सम्झनामा…

यो पनि