SamwadKhabar logo

समाचार

श्रमाधान रोजगार मेला आजदेखि, हरेक प्रदेशमा दुई दिन चल्ने

प्रमिला भुजेल

प्रमिला भुजेल

श्रमाधान रोजगार मेला आजदेखि, हरेक प्रदेशमा दुई दिन चल्ने

जेठ १७, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्न लागेको श्रमाधान रोजगार मेला आजदेखि कोशी प्रदेशको विराटनगरमा सुरु हुँदैछ । नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीबाट सम्बोधन गर्ने उद्देश्यले ‘श्रमाधान रोजगार मेला’ गर्न लागिएको हो ।

मेलाको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ११ बजे विराटनगरको सिटी प्यालेस होटल एन्ड रिसोर्टमा उद्घाटन गर्दैछन् ।

देशका सातै प्रदेशमा हुने ‘श्रमाधान रोजगार मेला’ कोशी प्रदेशको विराटनगरबाट शुभारम्भ भएर यो मेला सातैवटा प्रदेशमा आयोजना गरिनेछ ।

आन्तरिक रोजगारीलाई प्रवर्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको ‘श्रमाधान रोजगार मेला’को कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिका पनि आयोजकका रुपमा रहेका छन् ।

युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने ध्येयका साथ आयोजना गरिएको मेलाको मुख्य उद्देश्य रोजगारी सिर्जनाका लागि सरकारी र निजी क्षेत्रबीचको साझेदारीलाई प्रवर्द्धन गरेर लैजानु रहेको मन्त्रालले जनाएको छ ।

मेला हरेक प्रदेशमा दुई दिन चल्नेछ ।

जेठ १७ गते कोशी प्रदेशबाट सुरू हुने यो मेला बागमती प्रदेशमा जेठ ३० गते समापन हुनेछ ।

कोशी प्रदेशको विराटनगरमा जेठ १७ र १८ गते, मधेश प्रदेशको जनकपुरमा जेठ १९ र २० गते, गण्डकी प्रदेशको पोखरामा २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते तथा बागमतीको ललितपुरमा २९ र ३० गते मेला आयोजना हुनेछ ।

ताजा

सबै

करिब २५ करोड नगदसहित काठमाडौँबाट दुईजना पक्राउ

५ चैत्र, काठमाडौं । करिब २५ करोड नगदसहित काठमाडौंबाट प्रहरीले दुईजनालाई पक्राउ गरे…

हास्य अभिनेत्री भुसाल ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित

४ चैत्र, काठमाडौं । वरिष्ठ हास्य अभिनेत्री बसुन्धरा भुसाल लाइफटाइम अचिभमेन्ट अवार्ड बा…

तिलगंगा नेत्र विश्वविद्यालय विधेयक पारित गर्दै राष्ट्रिय सभा

४ चैत्र, काठमाडौं । राष्ट्रिय सभाले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक पारित गर्दैछ । …

राष्ट्रपतिद्वारा ४ वटा विधेयक प्रमाणीकरण (सूचीसहित)

३ चैत्र, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ४ वटा विधेयक प्रमाणीकरण गर्नुभ…

लोकप्रिय

सबै

टोखामा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

३ चैत्र, काठमाडौं । शनिवार काठमाडौंको टोखामा भएको दुर्घटनामा परी मोटरसाइकल चालकको…

‘मूर्ति’ भएको स्थान प्रमाणित भएपछि पुनःस्थापना गरिनेः पुरातत्व विभाग

३ चैत्र, काठमाडौं । विष्णुमती नदीमा भेटिएको मूर्ति भीममुक्तेश्वर मन्दिरको भए नभएको भन्…

भैरहवामा धम्म यात्रा सम्पन्न, बाटोमा फूल छरेर भिक्षुको स्वागत

३ चैत्र, काठमाडौं । पाँच सय जना श्रामणेर (अल्पकालीन भिक्षु)हरूको यात्रा धम्म यात्रा शन…

हास्य अभिनेत्री भुसाल ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित

४ चैत्र, काठमाडौं । वरिष्ठ हास्य अभिनेत्री बसुन्धरा भुसाल लाइफटाइम अचिभमेन्ट अवार्ड बा…

यो पनि