SamwadKhabar logo

समाचार

हिन्दू स्वयंसेवक संघ र सेवा इन्टरनेशनल नेपालद्वारा अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण

प्रमिला भुजेल

प्रमिला भुजेल

हिन्दू स्वयंसेवक संघ र सेवा इन्टरनेशनल नेपालद्वारा अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण

जेठ १७, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपाल तथा सेवा इन्टरनेशनल नेपालद्वारा लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगंज र कोशी प्रदेश प्रहरी अस्पताल सुनसरीलाई २७ थान अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण गरिएको छ । मानव सेवालाई प्राथमिकता दिई सहज र सुलभ स्वास्थ्य सेवा प्रवाहका लागि स्वास्थ्य सामग्रीहरू प्रदान गरिएको हो । 

बुधवार आयोजित नेपाल प्रहरी प्रधान कार्यालयमा हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय संघचालक तथा अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक कल्याण कुमार तिमिल्सिना र सेवा इन्टरनेशनल नेपालका अध्यक्ष अवकाश प्राप्त उपरथी महेश बिक्रम कार्कीले लुम्बिनी प्रदेश अस्पताल नेपालगंजका प्रहरी उपरीक्षक डा. अच्युत विक्रम हमाललाई १४ थान र कोशी प्रदेश प्रहरी अस्पताल सुनसरीका प्रहरी नायव उपरीक्षक डा. सरोज सिंहलाई १३ थान अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले स्वास्थ्य सेवा जटिल र महंगो भएको सन्दर्भमा यस्ता चुनौतीलाई सामना गर्न आज प्रदान भएका स्वास्थ्य सामग्रीहरू स्वास्थ्य सेवा प्रवाहका लागि महत्वपूर्ण रहेको बताउनुहुँदै मानव धर्मलाई सर्वोपरी ठानी उपलब्ध गराइएका सामग्रीहरूले चरणबद्ध क्षमता विकास, विस्तार र आधुनिकीकरणका लागि योगदान गर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा संघचालक तिमिल्सिनाले सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको हिन्दू स्वयंसेवक संघले मानव सेवाभाव अनूरूप स्वास्थ्य सामग्री प्रदान गरेको बताउनुभयो । साथै सेवा इन्टरनेशनल नेपालका अध्यक्ष कार्कीले मानव सेवामा सेवा इन्टरनेशनलले गर्दै आएका कामको उल्लेख गर्दै आज प्रदान गरिएका सामग्रीबाट प्रहरी अस्पताल लाभान्वित हुने विचार राख्नुभयो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू लगायतका वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

यो पनि