SamwadKhabar logo

               

खेलकूद

टी–२० विश्वकप : युगान्डासँग पपुवा न्यूगिनी ३ विकेटले पराजित

प्रमिला भुजेल

प्रमिला भुजेल

टी–२० विश्वकप : युगान्डासँग पपुवा न्यूगिनी ३ विकेटले पराजित

जेठ २४, काठमाडौं । टी–२० विश्वकप–२०२४ मा युगान्डाले पपुवा न्यूगिनीलाई पराजित गरेको छ । प्रोभिडेन्स स्टेडियममा आज बिहान भएको खेलमा  युगान्डाले पपुवा न्यूगिनीलाई ३ विकेटले पराजित गरेको हो ।

पपुवा न्यूगिनीले दिएको ७८ रनको लक्ष्य युगान्डाले १८.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको हो।

युगान्डाका लागि ५६ बलको सामना गर्दै एक चौकाको मद्तमा रियाजत अली शाहले सर्वाधिक ३३ रन बनाए। जुमा मियागीले १३ रन जोडेको खेलमा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

पिएनजीका लागि अले नाओ र नर्मन भानुआले समान दुईदुई विकेट हात पारे भने असद भालाले एक विकेट लिए । टस हारेर सुरुमा ब्याटिङ गरेको पिएनजीले १९ दशमलव १ बलमा सबै विकेट गुमाउँदै ७७ रन बनाएको थियो। उसका लागि हिरि हिरिले सर्वाधिक १५ रन जोड्दा लेगा सियाका र किप्लिन डोरिगाले समान १२–१२ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेका थिएनन्।

पिएनजीको ब्याटिङ लाइनलाई कमजोर पार्न युगान्डाका लागि चार जना बलरले समान दुई दुई विकेट लिएका थिए। अल्पेश रामजानी, कोशमास क्युवटा, जुमा मियागी, फ्रैंक न्युबगडाले समान दुईदुई विकेट लिएका थिए भने ब्रायन मसाबाले एक विकेट लिएका थिए।

दोस्रो खेलमा युगान्डाले दुई अंक जोड्दा पिएनजी भने अंकबिहीन बनेको छ। पहिलो खेलमा पिएनजी वेस्ट इन्डिजसँग ५ विकेटले पराजित भएको थियो। 

समूह ‘सी’मा अफगानिस्तान, वेस्ट इन्डिज, पिएनजी, युवान्डा र न्युजिल्यान्ड छन्।

 
 

ताजा

सबै

नक्सालस्थित टेस्लाको शो रुममा आगलागी

भदौ २१, काठमाडौं । नक्सालस्थित टेस्लाको शो रुममा आगलागी भएको छ । आगलागीबाट कार्यालय…

तीजको सामाजिक-सांस्कृतिक महत्व

काठमाडौं ।विश्वमा महिना दिनसम्म पानी पनि नपिई गरिने धार्मिक व्रतहरू छन् । गर्नेले श्रद्…

पशुपतिमा तिजको दिन बिहान ३ बजेबाट चारैवटा ढोका खुला गरिने

२० भाद्र, काठमाडौं । पशुपतिमा हरितालिका तिजको अवसरमा भोली बिहान तीन बजेबाट चारैव…

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

लोकप्रिय

सबै

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…

पशुपतिमा तिजको दिन बिहान ३ बजेबाट चारैवटा ढोका खुला गरिने

२० भाद्र, काठमाडौं । पशुपतिमा हरितालिका तिजको अवसरमा भोली बिहान तीन बजेबाट चारैव…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

यो पनि

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…

रंगशाला बनाउन एन्फाले माग्यो सरकारसँग जग्गा

रंगशाला बनाउन एन्फाले माग्यो सरकारसँग जग्गा

१४ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सुविधा सम्पन्न अन्तर्राष्ट्रिय रंग…

सरकारद्वारा महिला भलिबल खेलाडी पुरस्कृत

सरकारद्वारा महिला भलिबल खेलाडी पुरस्कृत

१३ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काभा वुमन्स भलिबल नेसन्स् लिग२०२४ प्…