SamwadKhabar logo

समाचार

दैनिक ५० जना नगर प्रहरी परिचालन गर्दै ललितपुर महानगरपालिका

प्रमिला भुजेल

प्रमिला भुजेल

दैनिक ५० जना नगर प्रहरी परिचालन गर्दै ललितपुर महानगरपालिका

जेठ २४, काठमाडौं । ललितपुर महानगरपालिकाले नगरवासीको गुनासो, सुझाव र समस्या तत्काल सुनुवाइका लागि हरेक वडामा दैनिक पचास जना नगर प्रहरी परिचालन गर्ने भएको छ ।महानगरले आज एक कार्यक्रमको आयोजना गर्दै   'सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी' भन्ने मूल नाराको साथ नगर प्रहरी खटाइने योजनाको उद्घाटन गरेको  हो ।

कार्यक्रमको समुद्घाटन गर्दै ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले नगर प्रहरीको उदाहरणीय कदमले नगर बासीको महानगर प्रतिको सम्बन्ध अझ प्रगाढ हुने बताए । घर-घरमा नगरप्रहरी अभियानले वडाअध्यक्षहरुलाई पनि सहयोग पुग्ने  र घर-घरमा पुगेर संकलन गरिएका गुनासा र समस्याबारे नगर प्रहरीले हरेक साता नगर प्रमुख महर्जनलाई जानकारी गराउने उनले जानकारी दिए । 

योजना अन्तर्गत दैनिक पचास जना नगर प्रहरी हरेक वडामा खटिने ललितपुर महानगर प्रहरी बलका प्रमुख सिताराम हाछेथुले जानकारी गराए ।

उक्त अभियानमा दैनिक ५० जना नगर प्रहरी खटिनेछन् । तीमध्ये समूह-समूह बनाएर घर-घरमा नगर प्रहरी पठाइने छ । एउटा समूहमा ५ जना नगर प्रहरी रहनेछन् । यसो गर्दा दैनिक ३ हजारभन्दा बढी घरमा नगर प्रहरी पुग्ने नगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताए  ।

द्घाटन कार्यक्रममा बोल्दै ललितपुरका प्रहरी प्रमुख शेखर खनालले नगरप्रहरीसँग हातेमालो गरेर काम गर्दाशान्ति सुरक्षा कायम गर्न सजिलो हुने, विपद् व्यवस्थापन र वातावरण संरक्षण लगायतका विषयमा उपलब्धिमूलक काम गर्न सकिने बताए ।

नगरप्रहरीले नगरपालिकाका सेवाहरु नगरवासीले लिएर नलिएको बुझ्ने छ भने नि:शुल्क दमकल, ढल निकास, शव वाहन, फुटपाथलगायत सेवाबारे जानकारी गराउने छ । नगरवासीका समस्या पहिचान गर्न, जनताले कर तिरे/नतिरेको बुझ्न, महानगरको सेवाको पहुँच बुझ्न मद्दत पुर्‍याउने छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि