SamwadKhabar logo

समाचार

छोडपत्रपछि श्रीमतीको हत्या गर्ने नेपाली सेनाका अमलदार पक्राउ

प्रमिला भुजेल

प्रमिला भुजेल

छोडपत्रपछि श्रीमतीको हत्या गर्ने नेपाली सेनाका अमलदार पक्राउ

जेठ २५, काठमाडौं । दाङको तुलसीपुरमा नेपाली सेनाका एक अमलदारले कानुनी रुपमा छोडपत्र गर्ने सहमति गरेको ११ दिनपछि श्रीमतीको हत्या गरेका छन् । आज बिहान दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ डुम्रीगाउँस्थित घरको कोठामै श्रीमतीको हत्या गरेको आरोपमा सेनाका अमलदार ३६ वर्षीय सालिकराम बुढाथोकी पक्राउ परेका छन् ।

शालिकराम सल्यानको कपुरकोट–६ निवासी हुन् । उनी अहिले सेनाको ज्वालदल गण बारामा कार्यरत थिए ।

गत जेठ १४ गते यी दुईजनाबीच छोडपत्रको सहमतिमा हस्ताक्षर भएको थियो । तर आर्थिक लेनदेन मिलाउन बाँकी थियो । त्यही लेनदेन मिलाउन भन्दै शालिकराम शुक्रवार बिहान टीकाको कोठामा पुगेका थिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रकाश थापाका अनुसार टीकाको कोठामा बाँकी लेनदेन मिलाउन पुगेका शालिकरामले त्यहीँ झगडा झिकेका थिए । झगडा परेपछि टीका ज्यान जोगाउन भागेर छिमेकीको कौसीमा चढेकी थिइन् । करिब ३० वर्षीया टीका रावत ज्यान जोगाउन डेरा कोठाबाट भागेर छिमेकीको घरमा पुगे पनि शालिकराम त्यहीँ पुगेर धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

शालिकराम शान्ति सेनाबाट आउँदा श्रीमती अर्कैसँग लागेको थाहा पाएपछि शालिकरामले छोडपत्र गरेर पनि ज्यान लिएको हुन सक्ने प्रहरी निरीक्षक थापाले बताए ।

प्रहरीका अनुसार टीकासँगको सम्बन्धमा रहेका अछामको कमलबजार नगरपालिका घर भई तुलसीपुर दाङमा कार्यरत २९ वर्षीय सैनिक जवान आर्यन थापालाई खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गर्धन र टाउकोमा गम्भीर चोट लागेको छ । उनको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार हुँदै छ । शालिकराम र टीकाबीच छोडपत्र भएपछि आर्यन बिहेको तयारीमा रहेको र टीकासँग आफू सँगै बस्दै आएको बयान आर्यनले प्रहरीलाई दिएका छन् ।

हाल शालिकराम इलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि