SamwadKhabar logo

समाचार

गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माणका लागि १२ कम्पनीको टेण्डर

प्रमिला भुजेल

६ असार, काठमाडौं । चितवनको भरतपुरमा बजेट अभावले निर्माण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि दोस्रोपटक आह्वान गरिएको टेण्डरमा १२ कम्पनीहरूले टेण्डर बिट गरेका छन् ।

ती १२ वटा कम्पनीहरू सबैको प्राविधिक मूल्याङ्कन सकिएको छ । उनीहरू सबैको अब आर्थिक प्रस्ताव खोलिने महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालले जानकारी दिए । 

अर्यालले चालु आर्थिक वर्षको असार महिनाभित्रै रंगशालाको बाँकी काम अगाडि बढाउने गरी ठेकेदार कम्पनीसँग सम्झौता गर्ने तयारी गरिएको बताए । ‘ यो महानगरको सबैभन्दा महत्वपूर्ण परियोजना र राष्ट्रको गौरवको परियोजना पनि हो भन्दै उपनिर्देशक अर्यालले अब काम नरोकिने बताए । उनले असारभित्रै छनोट हुने निर्माण कम्पनीलाई पहिलो मोबिलाइजेसनसमेत दिएर काम अगाडि बढाउन लगाउने बताए ।

रंगशाला निर्माणका लागि डाँफे, खानीखोला, रविना कालीगण्डकी जेभी, ओम साइराम, प्रेरा, गौरीपार्वती, यामे, सगुन कन्ष्ट्रक्सन, खानी निर्माण, हनुमान, रोशन कन्ट्रक्सन, लामा डाइनामिकजेभीले टेण्डर हालेका छन् ।

यसअघि ३० दिनको म्याद राखेर गत फागुन १७ गते आब्हान गरिएको टेण्डर विवादित भए पछि महानगरपालिकाले रद्द गरेको थियो । महानगरले गत जेठ ३ गते दोस्रोपटक पुनः टेण्डर आह्वान गरेको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि