SamwadKhabar logo

               

खेलकूद

टी–२० विश्वकपः बङ्गलादेश अस्ट्रेलियासँग २८ रनले पराजित

प्रमिला भुजेल

प्रमिला भुजेल

टी–२० विश्वकपः बङ्गलादेश अस्ट्रेलियासँग २८ रनले पराजित

७ असार, काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको खेलमा अस्ट्रेलियाले बङ्गलादेशलाई २८ रनले हराएको छ । शुक्रवार सम्पन्न खेलमा वर्षा नरोकिएपछि अस्ट्रेलियाले बङ्गलादेशलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा २८ रनले हराएको हो ।

‘सुपर–८’ चरणको खेलमा अस्ट्रेलियाको यो पहिलो जित हो । ‘सुपर–८’ चरणको ‘समूह–१’ तालिकामा चारवटै टोलीले एक–एक खेल खेलिसकेका छन् । दुई अङ्कसहित अस्ट्रेलिया पहिलो र समान अङ्क जोडेको भारत दोस्रो स्थानमा छन् । पहिलो खेलमा पराजित भएको अफगानिस्तान तेस्रो र बङ्गलादेश चौथो स्थानमा छन् । उक्त समूहको पहिलो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले हराएको थियो ।

अस्ट्रेलियाविरुद्धको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बङ्गलादेशले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ४० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले ११।२ ओभरमा केवल दुई विकेट गुमाएर एक सय रन बनाएपछि वर्षाले खेल प्रभावित भएको थियो ।

वर्षा नरोकिएपछि ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा अस्ट्रेलिया विजयी भएको थियो । जितसँगै अस्ट्रेलियाले सेमिफाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ । अस्ट्रेलियाको जितमा ओपनर डेभिड वार्नरले अविजित ५३ रनको योगदान गरे ।

अनुभवी ब्याट्सम्यान वार्नरले केवल ३५ बलको सामना गरी तीन छक्का र पाँच चौका पनि प्रहार गरे । अर्का ओपनर ट्राभिस हेडले पनि टोलीको खातामा ३१ रन थपे । उनले २१ बलमा दुई छक्का र तीन चौका प्रहार गरे ।

ओपनरद्वय वार्नर र हेडले ६५ रनको साझेदारी गरेका थिए । कप्तान मिचेल मार्स भने एक रनमै पेभेलियन फर्किएका थिए । ग्लेन म्याक्सवेलले पनि टोलीका लागि अविजित १४ रनको योगदान गरे । उनले केवल ६ बलमा एक छक्का र एक चौका पनि हिर्काए । बंगलादेशी बलर रिसाद होसैनलले दुई विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको बङ्गलादेशका लागि कप्तान नजमुल होसैन सान्तोले सर्वाधिक ४१ रन बनाएका थिए । उनले केवल ३६ बलको सामना गरी एक छक्का र पाँच चौका पनि प्रहार गरे । तौहिद हृदोयले पनि ४० रन बनाए । उनले केवल २८ बलमा दुई छक्का र दुई चौका प्रहार गरे ।

विकेटकिपर ब्याट्सम्यान लिटन दासले १६ र तास्किन अहमदले अविजित १३ रन बटुले । बङ्गलादेशका अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बङ्गलादेशले अतिरिक्त रुपमा पनि १४ रन पाएको थियो ।

अस्ट्रेलियाका बलर प्याट कुमिन्सले तीन विकेट लिए । उनले चार ओभरमा २९ रन खर्चिएका थिए । एडम जाम्पाले पनि दुई विकेट हात पारे । मिचेल स्टार्क, मार्कुस स्टोइनिस र ग्लेन म्याक्सवेलले पनि एक–एक विकेट हात पारे ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…