SamwadKhabar logo

समाचार

नेपालमा बोलिने सबै भाषा, साहित्य, संस्कृतिको संरक्षण गर्न सरकार प्रतिबद्ध छ : मन्त्री तामाङ

प्रमिला भुजेल

प्रमिला भुजेल

नेपालमा बोलिने सबै भाषा, साहित्य, संस्कृतिको संरक्षण गर्न सरकार प्रतिबद्ध छ : मन्त्री तामाङ

९ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालमा बोलिने सबै भाषा, साहित्य, संस्कृति र सामाजिक शास्त्र दर्शनको संरक्षण, संवर्द्धन र विकासमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । आइतवार काठमाडौँमा ललितकला प्रज्ञा प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले नेपाल प्रज्ञा प्रतिष्ठानमार्फत भाषा, साहित्य, संस्कृति, दर्शनको विकासका लागि नेपाल सरकारको तर्फबाट गर्न सक्ने अधिकतम सहयोग गर्न बजेटको व्यवस्था गर्ने प्रयास गरिएको बताए । 

उनले अहिले विश्वव्यापी रूपमा देखापरेको आर्थिक सङ्कटबाट नेपाल पनि प्रभावित रहेको बताउँदै आर्थिक सङ्कट हुँदाहुँदै पनि सरकारका तर्फबाट पर्याप्त बजेटको व्यवस्था गर्न कठिन भइरहेको उल्लेख गरे । 

उनले भने, ‘नेपाल सरकार नेपालमा बोलिने सबै भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र दर्शनको संरक्षण, संवर्द्धन र विकासमा सचेत र प्रतिबद्ध छ । अहिले विश्वव्यापी रूपमा देखापरेको आर्थिक सङ्कटबाट हामी पनि प्रभावित छौँ । त्यसैले चाहना हुँदाहुँदै पनि सरकारका तर्फबाट पर्याप्त बजेटको व्यवस्था गर्न हामीलाई गाह्रो भएको छ । र पनि नेपाल प्रज्ञा प्रतिष्ठानमार्फत भाषा, साहित्य, संस्कृति, दर्शनको विकासका लागि नेपाल सरकारको तर्फबाट गर्न सक्ने अधिकतम सहयोग गर्न बजेटको व्यवस्था गर्ने प्रयास गरिएको छ ।’

मन्त्री तामाङले सात वटै प्रदेशको भौगोलिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक, भाषिक, साहित्यिक विषयको खोज, अन्वेषण गरी दिग्दर्शन प्रकाशनका लागि सरकारको तर्फबाट पूर्ण समर्थन रहने बताए ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि