SamwadKhabar logo

               

खेलकूद

टी–२० विश्वकपः बङ्गलादेशमाथि भारतको सानदार जित

प्रमिला भुजेल

प्रमिला भुजेल

टी–२० विश्वकपः बङ्गलादेशमाथि भारतको सानदार जित

९ असार, काठमाडौं । आईसीसी टी–२० क्रिकेट विश्वकपको सुपर–८ मा भारतले बंगलादेशलाई पराजित गरेको छ । शनिवार राति भएको खेलमा भारतले साउथ एसियन प्रतिद्वन्दी बंगलादेशलाई ५० रनले पराजित गरेको हो ।

दोस्रो जितपछि सुपरन एट को समूह ए मा भारत ४ अंकसहित शीर्ष स्थानमा छ । भारतले पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो । अब अन्तिम खेलमा अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ ।

एन्टिगुवास्थित सर भिनियन रिचर्ड्स स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको भारतले हार्दिक पाण्ड्याको अर्धशतक मदतमा ५ विकेट गुमाएर १९६ रन बनाएको थियो । पाण्ड्याले २७ बलमा ४ चौका  र३ छक्का मदतमा अविजित ५० रन बनाए ।

विराट कोहलीले २८ बलमा ३७, ऋषव पन्तले २४ बलमा ३६ तथा शिवम दुवेले २४ बलमा ३४ रन बनाए । यस्तै कप्तान रोहित शर्माले २३ रन जोडे । बंगलादेशका तान्जिम हसन सकिब र रिहाद होसेनले समान २ विकेट लिए ।

१९७ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४६ रन मात्र बनाउन सक्यो । बंगलादेशका कप्तान नाजमोल होसेन शान्तोले ३२ बलमा सर्वाधिक ४० रन बनाए । तान्जिम हसनले २९ तथा रोहाद हवसेनले २४ रन जव८ । अन्य खेलाडीले राम्रो स्कोर बनाउन सकेनन् ।

भारतका लागि कुलदीप यादवले ३ तथा अर्शदीप सिंह र जसप्रित बुमराहले समान २ विकेट लिए ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

एनपीएलको खेल तालिका सार्वजनिक (तालिकासहित)

एनपीएलको खेल तालिका सार्वजनिक (तालिकासहित)

४ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को खे…