SamwadKhabar logo

               

समाचार

किसानको अवस्था रेगिस्तानको मृगको जस्तो भएको छः सांसद पाण्डे

प्रमिला भुजेल

प्रमिला भुजेल

किसानको अवस्था रेगिस्तानको मृगको जस्तो भएको छः सांसद पाण्डे

१३ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विक्रम पाण्डेले देशका किसानको अवस्था रेगिस्तान(मरुभूमि)को मृगको जस्तो भएको टिप्पणी गर्नुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्नुहुँदै सांसद पाण्डेले देशका किसानको अवस्था रेगिस्तानको मृगको जस्तो भएको बताउनु भएको हो ।

रेगिस्तानको मरुभूमिमा मृगले पानीको खोजीमा दौडँदा दौडँदै मृत्युवरण गर्नुपरे जस्तै किसान पनि मल, बीउ र सिँचाइका लागि दौडनु परेको उहाँको भनाइ छ ।

सांसद पाण्डेले किसानहरू मल पाए बीउ नपाउने र बीउ पाए सिँचाइ नपाउने अवस्थामा रहेका बताउनुभयो । उहाँले सबै पाएको अवस्थामा बजारको व्यवस्थापन नहुने बताउनुभयो । सांसद पाण्डेले यसरी देश कता पुर्‍याउन खोजिएको हो भनी प्रश्न समेत गर्नुभयो ।

‘‘किसानको अवस्था एउटा रेगिस्तानको मृगको अवस्था भएको छ । जसरी मृगले मरुभूमिमा दौडँदा दौडँदै पानीको खोजमा मृत्युवरण गर्नुपरेको छ, नेपालको किसानहरूको अवस्था त्यस्तै छ । मल पाए बीउ पाउँदैन । बिउ पाए मल पाउँदैन ।,’’ सांसद पाण्डेले भन्नुभयो, ‘‘यो दुईवटै कुरा भयो भने सिँचाइको सुविधा हुँदैन । सिँचाइ भएको ठाउँमा मल र बीउ पाउँदैन । यो सबै भयो भने बजारको व्यवस्थापन भएको छैन । किसानले गाई पालेर, गाई पनि ऋण लिएर आएको गाई र भैँसीको दुध बिक्री गरेको भुक्तानी भएको छैन । यो देश कता जान खोजेको हो रु कता पुर्‍याउन खोजिएको हो ?’’

सांसद पाण्डेले अस्पताल, विद्यालयमा पनि उस्तै समस्या रहेको बताउनुभयो । उहाँले कुनैपनि क्षेत्रमा सहज अवस्था नभएको बताउनुभयो ।

ताजा

सबै

नक्सालस्थित टेस्लाको शो रुममा आगलागी

भदौ २१, काठमाडौं । नक्सालस्थित टेस्लाको शो रुममा आगलागी भएको छ । आगलागीबाट कार्यालय…

तीजको सामाजिक-सांस्कृतिक महत्व

काठमाडौं ।विश्वमा महिना दिनसम्म पानी पनि नपिई गरिने धार्मिक व्रतहरू छन् । गर्नेले श्रद्…

पशुपतिमा तिजको दिन बिहान ३ बजेबाट चारैवटा ढोका खुला गरिने

२० भाद्र, काठमाडौं । पशुपतिमा हरितालिका तिजको अवसरमा भोली बिहान तीन बजेबाट चारैव…

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

लोकप्रिय

सबै

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…

पशुपतिमा तिजको दिन बिहान ३ बजेबाट चारैवटा ढोका खुला गरिने

२० भाद्र, काठमाडौं । पशुपतिमा हरितालिका तिजको अवसरमा भोली बिहान तीन बजेबाट चारैव…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

यो पनि

नक्सालस्थित टेस्लाको शो रुममा आगलागी

नक्सालस्थित टेस्लाको शो रुममा आगलागी

भदौ २१, काठमाडौं । नक्सालस्थित टेस्लाको शो रुममा आगलागी भएको छ । आगलागीबाट कार्यालय…

पशुपतिमा तिजको दिन बिहान  ३ बजेबाट चारैवटा ढोका खुला गरिने

पशुपतिमा तिजको दिन बिहान ३ बजेबाट चारैवटा ढोका खुला गरिने

२० भाद्र, काठमाडौं । पशुपतिमा हरितालिका तिजको अवसरमा भोली बिहान तीन बजेबाट चारैव…

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

निर्मला पन्त हत्या प्रकरणलाई सरकारले गम्भीरताका साथ लिएको छः गृहमन्त्री लेखक

निर्मला पन्त हत्या प्रकरणलाई सरकारले गम्भीरताका साथ लिएको छः गृहमन्त्री लेखक

२० भाद्र, काठमाडौं । गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म रूपमा अन…