SamwadKhabar logo

               

खेलकूद

दोस्रो पटक टी–२० विश्वकपको उपाधि भारतलाई

प्रमिला भुजेल

प्रमिला भुजेल

दोस्रो पटक टी–२० विश्वकपको उपाधि भारतलाई

१६ असार, काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ को खेलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै भारतले टी–२० विश्वकपको उपाधि जितेको छ । शनिवार भएको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले दोस्रो पटक टी–२० विश्वकपको उपाधि जित्न सफल भएको हो । 

भारतले सन् २००७ को पहिलो टी–२० विश्वकपको उपाधि जितेको थियो । भारतले टी–२० विश्वकपको उपाधि जितेको यो दोस्रो पटक हो । 

भारतले प्रस्तुत गरेको १ सय ७७ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६९ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाका लागि हेनरिच क्लासेनले अर्धशतकीय इनिङस खेले । २७ बलको सामना गर्दै २ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै, क्वीनटन डी ककले ३१ बलमा ३९ रन जोडे । उनले ४ चौका र १ छक्का हिर्काए । त्यस्तै, ट्रिस्टन स्टब्सले २१ बलमा ३१ रनको योगदान दिए । डेभिड मिलरले १७ बलमा २१ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

भारतका लागि हार्दिक पाण्ड्याले ३ विकेट लिए । उनले ३ ओभर बलिङ गर्दै मात्र २० रन खर्चिए । अर्शदीप सिंह र जसप्रित बुमराहले २–२ विकेट हात पारे । अक्षर पटेलले एक विकेट लिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको थियो ।

भारतका लागि फर्ममा फर्किएका विराट कोहलीले सर्वाधिक ७६ रन बनाए । यसअघिका खेलमा निराशाजनक प्रदर्शन गर्दै आइरहेका उनले आजको खेलमा भने ५९ बलको सामना गर्दै ६ चौका र २ छक्का प्रहार गरे । खेलमा भारतको सुरुवात भने राम्रो हुन सकेन । कप्तान रोहित शर्मा मात्र ९ रन बनाएर पभेलियन फर्किए । लगतै ऋषभ पन्त शून्य रन बनाएर आउट भए । सूर्यकुमार यादव पनि ३ रन जोडेर कागिसो राबाडाको शिकार बनेपछि भारत दबाबमा देखिएको थियो । तर, कोहली र अक्षर पटेल मिलेर ५४ बलमा ७२ रनको साझेदारी गरेपछि भारत खेलमा फर्कियो । रन आउट हुन अघि पटेलले ३१ बलमा ४७ रन बनाए । उनले १ चौका र ४ छक्का हिर्काए । शिवम दुवेले पनि २७ रनको महत्त्वपूर्ण इनिङ्स खेले  । उनले १६ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।दक्षिण अफ्रिकाका लागि केशव महाराज र एनरिच नोर्टजेले २–२ विकेट लिए । त्यस्तै, मार्को यानसेन र कागिसो रबाडाले १–१ विकेट हात पारे ।

भारत दुई पटक टी–२० विश्वकपको उपाधि जित्ने मात्र तेस्रो टोली बनेको छ । यसअघि वेस्ट इन्डिज र इंग्ल्यान्डले यो उपलब्धि हासिल गरेका थिए ।

ताजा

सबै

नक्सालस्थित टेस्लाको शो रुममा आगलागी

भदौ २१, काठमाडौं । नक्सालस्थित टेस्लाको शो रुममा आगलागी भएको छ । आगलागीबाट कार्यालय…

तीजको सामाजिक-सांस्कृतिक महत्व

काठमाडौं ।विश्वमा महिना दिनसम्म पानी पनि नपिई गरिने धार्मिक व्रतहरू छन् । गर्नेले श्रद्…

पशुपतिमा तिजको दिन बिहान ३ बजेबाट चारैवटा ढोका खुला गरिने

२० भाद्र, काठमाडौं । पशुपतिमा हरितालिका तिजको अवसरमा भोली बिहान तीन बजेबाट चारैव…

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

लोकप्रिय

सबै

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…

पशुपतिमा तिजको दिन बिहान ३ बजेबाट चारैवटा ढोका खुला गरिने

२० भाद्र, काठमाडौं । पशुपतिमा हरितालिका तिजको अवसरमा भोली बिहान तीन बजेबाट चारैव…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

यो पनि

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…

रंगशाला बनाउन एन्फाले माग्यो सरकारसँग जग्गा

रंगशाला बनाउन एन्फाले माग्यो सरकारसँग जग्गा

१४ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सुविधा सम्पन्न अन्तर्राष्ट्रिय रंग…

सरकारद्वारा महिला भलिबल खेलाडी पुरस्कृत

सरकारद्वारा महिला भलिबल खेलाडी पुरस्कृत

१३ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काभा वुमन्स भलिबल नेसन्स् लिग२०२४ प्…