SamwadKhabar logo

               

स्वास्थ्य

पहिलोपटक बीएण्डबी अस्पतालमा सफल रोबोटिक सर्जरी

प्रमिला भुजेल

प्रमिला भुजेल

पहिलोपटक बीएण्डबी अस्पतालमा सफल रोबोटिक सर्जरी

१६ असार, काठमाडौं । ललितपुरको बीएण्डबी अस्पतालमा नेपालमै पहिलोपटक सफल रोबोटिक सर्जरी गरिएको छ । सो अस्पतालमा वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर नूतन शर्माले एकै दिनमा रोबोटमार्फत ३ जना महिलाहरूको सफल शल्यक्रिया गरेर नेपालमा पहिलोपटक सफल रोबोटिक सर्जरी भएको हो । 

ल्याप्रोस्कोपिक सर्जन तथा आईभीएफ विशेषज्ञसमेत रहेकी शर्माले रोबोटक प्रक्रियाबाट एकजना ५२ वर्षकी महिलाको पाठेघर, ३१ वर्षीया महिलाको ओभरीको सिष्ट र अर्की ३४ वर्षकी एक महिलाको पाठेघरको ट्युमर निकालेकी हुन् । नेपालमा पहिलोपटक रोबोटिक सर्जरी भइरहँदा भारतको मोरदावादस्थित एपेक्स अस्पतालकी निर्देशक डाक्टर लीना मेहरोटाले स्क्रिन सेयर गरेर अनुगमन गरिरहेकी थिइन् । रोबोटिक सर्जरी गरिएका तीनैजना बिरामीलाई अस्पतालले डिस्चार्ज गरिसकेको छ । 

डा. नूतन शर्माले यो सफलतालाई जीवनकै सर्वाधिक ठुलो उपलब्धिको रुपमा लिएकी छन् । डा. शर्माले यो क्षण नेपालको स्वास्थ्य क्षेत्रका लागि एक कोशेढुंगा हो बताउँदै देशमै पहिलो रोबोटिक सर्जरी गर्ने सफलताको रेकर्ड हामीले राख्नु अर्को गर्वको विषय भयो भन्दै गर्वान्वित छन् । 

बीएण्डबी अस्पतालका सहायक निर्देशक नीरज वैद्यका अनुसार नेपालमै पहिलो पटक रोबोटमार्फत शल्यक्रिया सम्पन्न भएको हो । रोबोटिक सर्जरी अब स्त्री तथा प्रसूति रोगका बिरामीलाई मात्रै नभएर अन्य रोगको शल्यक्रियामा पनि प्रयोगमा ल्याइने  अस्पतालका सहायक निर्देशक वैद्यले जानकारी दिए । डा वैद्यका अनुसार यो उपलब्धिले नेपालको स्वास्थ्य क्षेत्रका लागि नयाँ युगको सुरुवात गरेको छ । 

शल्यक्रियामा रोबोटिक प्रविधिको प्रयोगले चिकित्सक र बिरामी दुवैका लागि फाइदाजनक भएको डा शर्माले बताइन् । उनका अनुसार रोबोटिक प्रणालीले ठुलो घाउ नपारीकनै बढी चुस्तताका साथ शल्यक्रिया गर्नसकिने बताइन् । तीन सय असी डिग्रीमै घुमेर शल्यक्रिया गर्न सक्ने रोबोटको चुस्त काम टाढैबाट गर्न सकिने हुनाले चिकित्सकहरू बिरामीबाट सङ्क्रमित हुने सम्भावनालाई पूरै हटाएकोले यो स्वास्थ्यकर्मीहरूका लागि पनि लाभदायक भएको डा. शर्मा दाबी गर्छिन् ।

ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

स्वास्थ्यमन्त्री थापाद्वारा प्रादेशिक अस्पतालको अनुगमन

स्वास्थ्यमन्त्री थापाद्वारा प्रादेशिक अस्पतालको अनुगमन

२५ भाद्र, काठमाडौं । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेश सरकार मातहतका …

सार्वजनिक बिदामा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन

सार्वजनिक बिदामा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन

१६ भाद्र, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्…

योगलाई धेरैभन्दा धेरै प्रयोगमा ल्याउन प्रधानमन्त्रीको आग्रह

योगलाई धेरैभन्दा धेरै प्रयोगमा ल्याउन प्रधानमन्त्रीको आग्रह

१४ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई धेरैभन्दा धेरै अभ्यास र प्रय…