SamwadKhabar logo

समाचार

कांग्रेसले मंगलवार गिरिजाप्रसाद कोइरालाको ऐतिहासिक फोटो प्रदर्शन गर्ने

प्रमिला भुजेल

प्रमिला भुजेल

कांग्रेसले मंगलवार गिरिजाप्रसाद कोइरालाको ऐतिहासिक फोटो प्रदर्शन गर्ने

१७ असार, काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा पूर्वप्रधानमन्त्री तथा कांग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीमा एक सय ५१ थान ऐतिहासिक महत्वका फोटो प्रदर्शनी र विमर्श सभा गर्ने भएको छ । मंगलवार पूर्वप्रधानमन्त्री तथा कांग्रेसका पूर्वसभापति स्वर्गीय कोइरालाको स्मृतिमा क्रान्तिदेखि शान्तिसम्म ऐतिहासिक फोटो प्रदर्शनी र विमर्श सभा गर्न लागेको कांग्रेसले जनाएको हो ।

सोमवार सानेपामा पत्रकार सम्मेलन गर्दै मंगलवार बिहान साढे ११ बजे सभापति शेरबहादुर देउवाले कार्यक्रम उद्घाटन गर्ने कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए । फोटो प्रदर्शनी र विमर्श सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र अरू दलका शीर्ष नेताहरूलाई पनि निम्ता गरिएको उनले बताए । 

पार्टी कार्यालयको भुइँतलाको हलमामा एक सय ५१ थान ऐतिहासिक महत्वका फोटो प्रदर्शनीमा राखिने र पार्टी कार्यालयकै मिथिला हलमा भने विमर्श सभा हुने विश्वकर्माले बताए । 

कोइरालाका जीवनी, राजनीति, शान्ति प्रक्रिया र समृद्धिसँग जोडिएका तस्बिरहरू प्रदर्शनमा राखिने छ ।  नेपाल सांस्कृतिक महासंघको समन्वयमा झाँकी प्रदर्शनी पनि हुने छ ।

कार्यक्रम मंगलवार दिउँसो १ बजे सुरु हुने र प्रत्यक्ष प्रसारण गरिने छ ।

'क्रान्तिदेखि शान्तिसम्म' शीर्षकमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, कांग्रेस नेता कृष्णप्रसाद सिटौला र एमाले नेता प्रदीप ज्ञवाली वक्ता रहेका छन्  । उक्त विमर्शको राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले सहजीकरण गर्ने छन् । 

यस्तै २०४८ सालको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले मुलुकमा समुन्नतिको दोस्रो जग राखेको शीर्षकमा स्वतन्त्र विज्ञहरूबाट विमर्श सभा गरिने र पछि फोटो पत्रकारका संघर्षका कुराबारे विमर्श हुने उनले बताए । 

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि