SamwadKhabar logo

               

धर्म संस्कृति

धनुषाको मठेश्वरनाथ मन्दिर उत्खनन् गर्दा लिच्छविकालीन अवशेष फेला

प्रमिला भुजेल

प्रमिला भुजेल

धनुषाको मठेश्वरनाथ मन्दिर उत्खनन् गर्दा लिच्छविकालीन अवशेष फेला

१८ असार, काठमाडौं । धनुषाको सबैला नगरपालिका–६ गोविन्दपुरमा आठौंरनवौं शताब्दीतिरका लिच्छविकालीन अवशेषहरु फेला परेका छन् । सबैला नगरपालिकाको पहलमा पुरातत्वविद् प्रकाश दर्नालसहित  मठेश्वरनाथ मन्दिरको पुरातत्व विभागको तीन सदस्यीय टोलीले उत्खनन् गर्नेक्रममा सयौं वर्ष पुरानो लिच्छविकालीन अवशेषहरू फेला परेका हुन् ।

तीन सदस्यीय टोलीले असार ७ गतेदेखि प्राचीन मन्दिरको भगनावशेषको उत्खनन् सुरु गरेको थियो । उत्खननका क्रममा लिच्छविकालीन शिलालेख र सिक्कासहितका प्रमाणहरू भेटिएका छन् । पुरातत्वविद् दर्नालका अनुसार शिलालेखमा लिच्छवि शैलीको ‘माना’ अर्थ आउने अक्षर भेटिएकाले मन्दिरको अवशेष आठौंरनवौं शताब्दीतिरको हुन सक्ने अनुमान गरेको हो । 

अहिलेसम्म दुई वटा पत्थर जोड्ने आइरन डावर, फलामको गोलो रिङ, मन्दिरको माथिको सरफेशमा भारतीय र नेपाली सिक्काका भेटिएको बताउँदै पत्थरमा लेखिएको  ‘माना’ अक्षर हेर्दा लिच्छविकालीन देखिन्छ । अरु अक्षर खिइसकेको छ । अन्य भेटिएको आधारमा मन्दिरको प्राचीनता पत्ता लगाउन सकिने उनले जानकारी दिए । 

उत्खनन् जारी छ र अवशेषहरू भेटिने क्रम पनि जारी छ । 

स्थानीयका अनुसार यसलाई कुशेश्वरनाथ मन्दिर भन्ने गरिन्थ्यो । स्थानीय ७५ वर्षीय शन्त विन्देश्वर यादवका अनुसार चार दशकअघि हेमबहादुर मल्लका भाइ झोपे मल्लले खजाना भेट्न सक्ने भन्दै जीर्ण मन्दिरको भाग तोडफोड र उत्खनन् गराएर अलपत्र छाडिदिएका थिए । 

तोडफोड भएको मन्दिरका पत्थरहरु नजिकका गाउँका मानिसहरूले पनि लगेको स्थानीयले बताए । मेयर कारीराम यादवले मठेश्वर महादेवको संरचना तोडफोड गरी लगेकाहरुबाट पनि संकलन गरिने बताए ।  मठेश्वरनाथको शिवलिंग गोविन्दपुरमा राखिएको स्थानीयले बताए । 

पश्चिमतर्फको मन्दिरको प्रवेशद्वारबाट उत्खनन् सुरु गरिएको छ । भग्नावशेषको माथिल्लो भागमा सिमेन्ट र निकै पुराना इँटाले छोपिएको छ । तल्लो भागमा पत्थरमा एकआपसमा ‘इन्टर लक’ गरिएको छ । पुरातत्वविद् दर्नालले भग्नावशेष हेर्दा उत्खनन् गर्दै जाँदा भेटिएको ज्यामितीय आकारको बुट्टा यसअघि कतै नदेखिएको बताएका छन् ।

ताजा

सबै

नक्सालस्थित टेस्लाको शो रुममा आगलागी

भदौ २१, काठमाडौं । नक्सालस्थित टेस्लाको शो रुममा आगलागी भएको छ । आगलागीबाट कार्यालय…

तीजको सामाजिक-सांस्कृतिक महत्व

काठमाडौं ।विश्वमा महिना दिनसम्म पानी पनि नपिई गरिने धार्मिक व्रतहरू छन् । गर्नेले श्रद्…

पशुपतिमा तिजको दिन बिहान ३ बजेबाट चारैवटा ढोका खुला गरिने

२० भाद्र, काठमाडौं । पशुपतिमा हरितालिका तिजको अवसरमा भोली बिहान तीन बजेबाट चारैव…

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

लोकप्रिय

सबै

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…

पशुपतिमा तिजको दिन बिहान ३ बजेबाट चारैवटा ढोका खुला गरिने

२० भाद्र, काठमाडौं । पशुपतिमा हरितालिका तिजको अवसरमा भोली बिहान तीन बजेबाट चारैव…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

यो पनि

पशुपतिमा तिजको दिन बिहान  ३ बजेबाट चारैवटा ढोका खुला गरिने

पशुपतिमा तिजको दिन बिहान ३ बजेबाट चारैवटा ढोका खुला गरिने

२० भाद्र, काठमाडौं । पशुपतिमा हरितालिका तिजको अवसरमा भोली बिहान तीन बजेबाट चारैव…

हिन्दु महिलाहरूको महान पर्व तीज सुरु, आज दरखाने दिन

हिन्दु महिलाहरूको महान पर्व तीज सुरु, आज दरखाने दिन

२० भाद्र, काठमाडौं । हिन्दु महिलाहरू आज तीज पर्वको पहिलो दिन दर खाएर मनाउदै छन् । न…

नेवार समुदायको गुँला पर्व आज समापन गरिँदै

नेवार समुदायको गुँला पर्व आज समापन गरिँदै

१९ भाद्र, काठमाडौं । नेवार समुदायले एक महिनासम्म धर्म, कर्म एवं राम्रो काम गरेर मनाए…

कैलारीमा अट्वारी पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा

कैलारीमा अट्वारी पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा

१८ भाद्र, काठमाडौं । कैलालीको कैलारी गाउँपालिकाले थारु समुदायको अट्वारी पर्वको अवस…