SamwadKhabar logo

समाचार

जिल्ला प्रहरी परिसर काठमाडौंको सुविधायुक्त भवन तयार, २६ बाट नियमित सेवा

प्रमिला भुजेल

प्रमिला भुजेल

जिल्ला प्रहरी परिसर काठमाडौंको सुविधायुक्त भवन तयार, २६ बाट नियमित सेवा

२१ असार, काठमाडौं । काठमाडौंको सुरक्षा जिम्मा पाएको जिल्ला प्रहरी परिसर काठमाडौंको सुविधायुक्त नयाँ भवन तयार भएको छ ।

कुल लागत ८० करोडमा बनेको आठ तलाको भद्रकालीस्थित भवनबाट परिसरले असार २६ बाट नियमित सेवा प्रवाह गर्ने भएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिनुभयो ।

कुल क्षेत्रफलमध्ये अर्थात् १५ रोपनी जग्गामा भवन ‘स्ट्रक्चर’ मात्रै ६ रोपनीमा फैलिएको छ ।

काठमाडौं परिसरका अनुसार भवनको मुख्य भागमा परिसरमा कार्यरत एसएसपीदेखि प्रहरी निरीक्षकसम्मको छुट्टाछुट्टै कक्ष छन् । पिलरअनुसार विभाजन गरिएका कार्यकक्ष दर्ता हुने मुद्दा र सेवाग्राहीको चापका दृष्टिले निर्माण गरिएका छन् । भवनभित्र प्रहरीका लागि ब्यारेकसमेत छ । भवनमा हिरासत कक्ष निर्माण गरिएको छ । कार्यालयमा प्रहरीका लागि व्यायाम कक्ष रहनेछ ।प्रहरीका लागि सुविधासम्पन्न मेस, टेलरिङ कक्ष, नास्ता कक्ष तथा मनोरञ्जन कक्ष पनि भवनभित्र निर्माण गरिएका छन् । सर्वसाधारणको उजुरी लिने कक्षसमेत रहनेछ ।

भवनको सम्पूर्ण भाग समेट्ने गरी सिसीटिभी जडान, अभियुक्तसँग बयान लिन अन्तर्राष्ट्रियस्तरको ‘इट्रोगेसन रुम’, अभियुक्तको म्याद थप हिरासत कक्षबाटै हुने व्यवस्था मिलाइएको छ । भिडियो कन्फरेन्स गर्न सकिने गरी अत्याधुनिक हलको डिजाइनसमेत गरिएको छ । ‘मास अरेस्ट’मा परेकाहरूलाई राख्ने छुट्टै हिरासत कक्ष छ ।

पार्किङका लागि अन्डरग्राउन्डमा ठाउँ छुट्याइएको छ । जहाँ एक सय गाडी र दुई सयभन्दा बढी मोटरसाइकल अटाउँछन् । भवनभित्र एकैपटक दुई सयजना अटाउने कन्फरेन्स हल छ । 

भवनको प्रत्येक कक्षलाई अवलोकन गर्दा वास्तु विज्ञानलाई समेत ध्यान दिइएको छ । विशेषगरी कार्यालयका प्रमुख, उपप्रमुख तथा विशेष जिम्मेवारीमा रहने अधिकृतको कार्यकक्ष निर्माणमा ध्यान दिइएको छ । भवनको प्रवेशद्वार पनि आकर्षक बनाइएको छ ।

वसन्तपुरस्थित हनुमानढोकामा रहेको परिसर १२ वैशाख ०७२ को भूकम्पपछि विस्थापित भएर टेकुमा पुगेको थियो । टेकुस्थित नेसनल ट्रेडिङ (हाल नेपाल आयल निगमको स्वामित्व)को भवन र खाली रहेको जग्गामा अस्थायी रूपमा सारिएको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि