SamwadKhabar logo

               

खेलकूद

ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै उरुग्वे सेमिफाइनलमा

प्रमिला भुजेल

प्रमिला भुजेल

ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै उरुग्वे सेमिफाइनलमा

२३ असार, काठमाडौं । ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उरुग्वे कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । लसभेगासमा आइतवारबिहान भएको क्वाटरफाइनलमा उरुग्वेले ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । 

१० खेलाडीमा समेटिएको उरुग्वे र ब्राजिलबीच निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो।

उरुग्वेका लागि फेडरिक भलभर्डे, रोड्रिगो बेन्टाकुर, जर्जियन डे अराकास्टा र मानुएल उगार्टेले पेनाल्टीमा गोल गरे । जोस मारिया जिमिनेसको प्रहार ब्राजिलका गोलकिपर एलिसनले बचाए ।

ब्राजिलका लागि आन्द्रेज परेइरा र गाब्रिएल मार्टिनेलीले मात्र पेनाल्टीमा गोल गरे । एडर मिलिटाओको प्रहार उरुग्वेका गोलकिपर सर्जियो रोचेटले बचाए भने डोगलास लुइसको प्रहार पोष्टमा लागेको थियो ।

फाइनल प्रवेशका लागि उरुग्वेले कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनलमा अर्जेन्टिना र क्यानडा भिड्ने छन् ।
 

ताजा

सबै

नक्सालस्थित टेस्लाको शो रुममा आगलागी

भदौ २१, काठमाडौं । नक्सालस्थित टेस्लाको शो रुममा आगलागी भएको छ । आगलागीबाट कार्यालय…

तीजको सामाजिक-सांस्कृतिक महत्व

काठमाडौं ।विश्वमा महिना दिनसम्म पानी पनि नपिई गरिने धार्मिक व्रतहरू छन् । गर्नेले श्रद्…

पशुपतिमा तिजको दिन बिहान ३ बजेबाट चारैवटा ढोका खुला गरिने

२० भाद्र, काठमाडौं । पशुपतिमा हरितालिका तिजको अवसरमा भोली बिहान तीन बजेबाट चारैव…

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

लोकप्रिय

सबै

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…

पशुपतिमा तिजको दिन बिहान ३ बजेबाट चारैवटा ढोका खुला गरिने

२० भाद्र, काठमाडौं । पशुपतिमा हरितालिका तिजको अवसरमा भोली बिहान तीन बजेबाट चारैव…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

यो पनि

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…

रंगशाला बनाउन एन्फाले माग्यो सरकारसँग जग्गा

रंगशाला बनाउन एन्फाले माग्यो सरकारसँग जग्गा

१४ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सुविधा सम्पन्न अन्तर्राष्ट्रिय रंग…

सरकारद्वारा महिला भलिबल खेलाडी पुरस्कृत

सरकारद्वारा महिला भलिबल खेलाडी पुरस्कृत

१३ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काभा वुमन्स भलिबल नेसन्स् लिग२०२४ प्…