SamwadKhabar logo

समाचार

बाढी पसेपछि भक्तपुरको प्लानिङ क्षेत्रबाट ५६ जनाको उद्धार, अस्पताल जलमग्न

प्रमिला भुजेल

२३ असार, काठमाडौं । वर्षाका कारण मनोहरा खोलामा आएको बाढी बस्तीभित्र पसेपछि भक्तपुरको दिव्यश्वरी प्लानिङ क्षेत्रमा फसेका ५६ जनाको उद्धार गरिएको छ । ३० पुरुष, २० महिला र छ बालबालिका गरी ५६ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

बाढी बस्तीभित्र पसेपछि दिव्यश्वरी प्लानिङ क्षेत्रमा रहेका १८ वटा टहरामा बसोवास गरिरहेका ५६ जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो ।

भक्तपुरको सिद्धि स्मृति अस्पताल जलमग्न हुँदा क्षति पुर्‍याएको छ । अस्पतालको आकस्मिक कक्ष, फार्मेसी, ओपिडी, अल्ट्रासाउण्ड, एक्सरे कक्षमा क्षति पुर्‍याएको र बिरामीलाई माथिल्लो तलामा सारिएको छ ।

त्यसैगरी, शान्ति निकेतन माध्यमिक विद्यालय सूर्यविनायक र त्यस आसपासका बस्ती डुबानमा परेका छन् । सूर्यविनायक नगरपालिका‐५ गडगडे खोलामा आएको बाढी बस्तीभित्र पसेपछि झन्डै ५० घर डुबानमा परेको छ । 

हनुमन्ते खोलामा आएको बाढी राममन्दिर, बाराही स्थानका मन्दिर, विद्यालय र नदी किनाराका बस्ती, मध्यपुरथिमि क्षेत्रको राधेराधे, सूर्यविनायकको बालकोट, चारदोबाटो, मनोहरा खोला किनारामा रहेको जडीबुटीको सुकुम्बासी बस्तीलगायत क्षेत्र डुबानमा परेको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि