SamwadKhabar logo

समाचार

बाढीले कञ्चनपुरमा करिब ९ सय परिवार विस्थापित

प्रमिला भुजेल

प्रमिला भुजेल

बाढीले कञ्चनपुरमा करिब ९ सय परिवार विस्थापित

२४ असार, काठमाडौं । महाकालीलगायत कञ्चनपुरका अन्य विभिन्न नदीनालामा आएको बाढीका कारण करिब ९ सय परिवार विस्थापित भएका छन् । अविरल वर्षासँगै आएको बाढीले डुबान भएपछि विस्थापित हुनेको संख्या अझै बढ्न सक्ने देखिन्छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार सोमवार बिहानसम्म ८ सय ९१ परिवारका ३ हजार २९३ जनालाई सुरक्षित स्थानमा सारिएको छ । दोधारा चाँदनी, भीमदत्त नगरपालिका, बेदकोट, बेलडाडी, बेलौरी र पुनर्वासमा बाढीका कारण बढी डुबान भएको छ । डुबानमा फसेका २९ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

भुजेला खोलाको बाढी बस्तीमा पस्दा भीमदत्त नगरपालिका ११, १२ र १३ का १ सयभन्दा बढी परिवार विस्थापित भएका छन् । दोधारा चाँदनी नगरपालिकामा महाकाली नदीको बाढीले जोगबुडाको बाढी थुनिँदा कुतियाकभर, शान्तिटोल, निशानी टोल, बैदीफाँटा, सुन्दरनगर र कञ्जभोजलगायतका बस्ती डुबानमा डुबानमा परेका छन् । 

विस्थापित परिवार वडा कार्यालय र विद्यालयमा बसेका छन् ।

जिल्ला सदरमुकाम महेन्द्रनगर बजारसमेत डुबानमा परेकोले सयौं परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । बजार क्षेत्रमा पानीको निकास नहुने र नदी नालाको पानीसमेत बजारमै पसेका कारण डुबान भएको हो ।बजार क्षेत्रमा खोलानाला मिचेर घर निर्माण गरेका कारण डुबान भएको स्थानीय बताउँछन् । 

महाकालीमा पानीको बहाव दुई लाख ४० हजार क्युसेक नाघेपछि शारदा ब्यारेजका नेपालतर्फका सबै ढोका खोलिएका छन् । 

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि