SamwadKhabar logo

               

खेलकूद

पहिलो अभ्यास खेलमा नेपाल श्रीलंकासँग पराजित

प्रमिला भुजेल

प्रमिला भुजेल

पहिलो अभ्यास खेलमा नेपाल श्रीलंकासँग पराजित

२५ असार, काठमाडौं । महिला एसिया कप अगाडिको अभ्यास खेलमा नेपाल श्रीलंकासँग पराजित भएको छ। एसिया कप खेल्न श्रीलंका पुगेको महिला राष्ट्रिय क्रिकेट टिमले श्रीलंका डेभलपमेन्टसँग  ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा ३३ रनले पराजित भएको हो । 

वर्षाले प्रभावित खेलमा नेपालले १५ ओभरमा ९६ रनको नयाँ लक्ष्य प्राप्त गरेको थियो । उक्त लक्ष्य पछ्याउने क्रममा नेपालले पूरै ओभर ब्याटिङ गरे पनि नौ विकेट गुमाउँदै ६३ रन मात्र बनाउन सक्यो । नेपालका लागि रुबिना क्षेत्रीले १७ र सीता रानामगरले ११ रन बनाउनुभयो ।

श्रीलंकाका लागि दिवमी भिहान्गाले तीन र एम शिहानीली दुई विकेट लिनुभयो ।

त्यसखअघि टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकन टोलीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ११८ रनको लक्ष्य प्राप्त गरेको थियो । श्रीलंकन टोलीका लागि दुल्हानी र नुथयान्गानाले समान २७ रन बनाउनुभयो ।

नेपालका लागि सबनम राईले तीन र राजमति ऐरीले एक विकेट लिनुभयो ।

एसीसी महिला एसिया कप जुलाई १९ देखि २८ (साउन ४ देखि १३ गते)सम्म श्रीलङ्कामा आयोजना हुँदैछ । महिला एसिया कपको नवौँ संस्करणमा आठ वटा टोलीको सहभागिता रहेको छ ।

नेपालले दोस्रो खेल जुलाई २१ तारिखमा पाकिस्तानसँग डम्बुलामै खेल्नेछ ।

महिला एसिया कप यात्रामा होमिने नेपाली टोलीमा ईन्दू बर्मा (कप्तान), रुविना क्षेत्री, सीता रानामगर, बिन्दू रावल, कविता कुँवर, पूजा महतो, कविता जोशी, सम्झना खड्का, काजोल श्रेष्ठ, सबनम राई, राजमती ऐरी, ममता चौधरी, कृतिका मरासिनी, रोमा थापा र डली भट्ट रहेका छन् ।  

ताजा

सबै

काठमाडौं महानगरपालिकामा करिब २५ अर्ब बजेट सीमा निर्धारण

असार २७ गते, काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८२ का लागि करिब…

चितवनमा २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुुबानको जोखिममा

२७ असार, काठमाडौं । चितवनका २५ हजार ७ सय ३३ घरपरिवार बाढी पहिरोको जोखिममा रहेका…

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्दै

२७ असार, काठमाडौं । आज काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्ने भएको छ। महा…

गोकर्णेश्वर नगरपालिकामा समूहगत तिज नृत्य प्रतियोगिता हुने

२६ असार, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाकामा आउँदो साउन २५ गते विवाहित महिलाहरुक…

लोकप्रिय

सबै

साउनमा पशुपति क्षेत्रमा महाशिवरात्रिकै जस्तो व्यवस्थापन गरिने

२३ असार, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्त…

रसुवामा आएको बाढीमा बेपत्ता १८ जनाको पहिचान सार्वजनिक

२४ असार, काठमाडौं । रसुवाको गोसाइकुण्ड गाउँपालिका२ स्थित रसुवागढी क्षेत्रमा मङ्गलवार…

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याल नियुक्त

२५ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त …

देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

२३ असार, काठमाडौं । नेपाल चिकित्सक सङ्घले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण …

यो पनि

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई पुरस्कार प्रदान

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई पुरस्कार प्रदान

२५ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा …

एसिसी पुरुष यु–१६ इस्ट जोन कप जितेको नेपाली क्रिकेट टोली

एसिसी पुरुष यु–१६ इस्ट जोन कप जितेको नेपाली क्रिकेट टोली

२३ असार, काठमाडौं । एसिसी पुरुष यु१६ इस्ट जोन कप जितेको नेपाली क्रिकेट टोली स्वदेश…

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि, पहिलो खेलमा नेपाल किर्गिस्तानसँग खेल्दै

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि, पहिलो खेलमा नेपाल किर्गिस्तानसँग खेल्दै

५ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि सुरू हुँदैछ । चार देश …

नेपाल कबड्डी लिगको उपाधिका लागि आज जनकपुर र काठमाण्डौ खेल्दै

नेपाल कबड्डी लिगको उपाधिका लागि आज जनकपुर र काठमाण्डौ खेल्दै

१८ माघ, काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) को उपाधिका लागि आज जनकपुर नाइट्स र क…