SamwadKhabar logo

               

धर्म संस्कृति

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

प्रमिला भुजेल

प्रमिला भुजेल

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

२६ असार, काठमाडौं । मंगलवारदेखि मनाङमा यार्तुङ मेलाको रौनक सुरु भएको छ । 

यार्तुङ पर्वको अवसरमा टङ्की मनाङ, मनाङ समाज र ङिस्याङ युवा क्लबको संयुक्त आयोजनामा संरक्षण क्षेत्र व्यवस्थापन समिति मनाङ, टङ्की मनाङ र पर्यटन व्यवस्थापन उपसमिति मनाङको संयुक्त सहयोगमा तारा हान्ने खेललाई ग्राण्ड यार्तुङ २०८१ नाम दिइ यार्तुङ मेला आयोजना गरिएको हो ।

जनप्रिय युवा क्लब मुक्तिनाथ मुस्ताङबाट ए र बी गरी दुई टिम, मनाङ ङिस्याङ गाउँपालिकाको तिलिचो युवा क्लब, खाङसार युवा क्लब, ङिस्याङ युवा क्लब मनाङ, भ्राका युवा क्लब, पिसाङ युवा क्लब गरी जम्मा सात टिमले भाग लिएका छन् ।

यार्तुङ पर्व

मनाङमा पाँच दिनसम्म मनाइने यार्तुङ पर्वको विशेष महत्व छ । मनाङ गाउँबाट मनाउन सुरु भएपछि मात्रै यार्तुङ अन्य स्थानमा सुरु गर्ने प्रचलन रहेको छ । यस पर्वंलाई घोडे जात्रा पनि भनिन्छ । किनभने यो पर्व मनाउँदा मनाङवासीहरुले घोडाहरुलाई संयुक्तरुपमा पुज्ने, गाउँ परिक्रमा गर्ने गर्दछन् । 

पहिला पहिला यातायातको सुविधा नहुँदा यहाँका स्थानीयले खाद्यान्न, घाँस, दाउरा, लेकबाट जडीबुटी सङ्कलन, औषधि ढुवानी, बिरामीलाई अस्पताल लैजान समेत घोडाको प्रयोग गरिँदै आएको  यसरी स्थानीयहरुको दुःख–सुःखमा साथ दिने घोडाप्रतिको माया तथा प्रेमको प्रतीको रुपमा यस पर्वलाई मनाउँछन् । वर्षायाम सकिन लाग्दा मनाइने भएकाले  खेतीपाती वालीनाली राम्रो होस् र रोगव्याधि नलागोस् भन्ने कामनाकासाथ यार्तुङ मनाइने यहाँका स्थानीय बताउँछन् । पाँच दिनसम्म मनाइने यस पर्वमा युवाहरु परम्परागत भेषभुषामा सजिएर एक ठाउँमा भेला भई पूरा गाउँ परिक्रमा गर्ने चलन छ । पूरा गाउँ परिक्रमा गरेपश्चात गुम्बामा महिलाहरु सगुन, खादा लिएर स्वागत गर्ने गर्दछन् र परम्परागत बाजागाजाका साथ मौलिक गीत गाउँदै यार्तुङ पर्व मनाइन्छ । यार्तुङको चौथो दिनमा यहाँका युवाले आफूलाई मन परेका युवतीलाई आफ्नो घोडामा राखेर गुम्बा घुमाउने गर्दछन् । अन्तिम दिन बिहानैदेखि गुम्बामा पूजापाठ शुरु हुन्छ । 

यस पर्व मनाउने प्रचलनले यहाँ आउने पर्यटकलाई समेत आकर्षित गरेको छ । मनाङको परम्परागत धार्मिक आस्थालाई समेत संरक्षण गरेको छ । यस पर्वको माध्यमबाट गाउँ, समाज र मानिस बीचमा एकापसमा सामाजिक सद्भावको विकास गरिरहेको स्थानीयको भनाइ छ ।

ताजा

सबै

ललितपुर महानगरद्वारा १० उद्यमी महिला सम्मानित

३ असार, काठमाडौं । ललितपुर महानगरले विभिन्न क्षेत्रमा उद्यम सिर्जना गरेका १० उद्यमी म…

ग्वार्कोस्थित फ्लाइओभर ४ दिनपछि सञ्चालनमा आउने, प्रधानमन्त्रीले उद्घाटन गर्ने

२ असार, काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा चार दिनपछि सवारीसाधन चल्ने भएक…

काठमाडौंमा बृहत थारू सांस्कृतिक कार्यक्रम हुँदै

२ असार, काठमाडौं । राष्ट्रिय थारू कलाकार मञ्चले असार ७ गते काठमाडौंमा बृहत राष्ट्रिय…

योग, सनातन संस्कृतिको एउटा अमूल्य उपहार

योग | सनातन संस्कृतिको एउटा अमूल्य उपहार | Yoga| A precious offering of Sanatan S…

लोकप्रिय

सबै

काठमाडौंमा बृहत थारू सांस्कृतिक कार्यक्रम हुँदै

२ असार, काठमाडौं । राष्ट्रिय थारू कलाकार मञ्चले असार ७ गते काठमाडौंमा बृहत राष्ट्रिय…

ग्वार्कोस्थित फ्लाइओभर ४ दिनपछि सञ्चालनमा आउने, प्रधानमन्त्रीले उद्घाटन गर्ने

२ असार, काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा चार दिनपछि सवारीसाधन चल्ने भएक…

मगर समुदायको भूमे पर्व सुरु, ४ जिल्लामा सार्वजनिक बिदा

१ असार, काठमाडौं । मगर समुदायको भूमे पर्व आजदेखि सुरु भएको छ । प्राकृतिक विपत्ति न…

नेपालको पहिलो विद्यार्थी आन्दोलन : "जयतु संस्कृतम्" दिवस मनाइँदै

१ असार, काठमाडौं । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् अभियान को सम्झनामा…

यो पनि

काठमाडौंमा बृहत थारू सांस्कृतिक कार्यक्रम हुँदै

काठमाडौंमा बृहत थारू सांस्कृतिक कार्यक्रम हुँदै

२ असार, काठमाडौं । राष्ट्रिय थारू कलाकार मञ्चले असार ७ गते काठमाडौंमा बृहत राष्ट्रिय…

देवर्षि नारद: ज्ञान र भक्तिका दिव्य अग्रदूत

देवर्षि नारद: ज्ञान र भक्तिका दिव्य अग्रदूत

देवर्षि नारद: ज्ञान र भक्तिका दिव्य अग्रदूत 🔸 देवर्षि नारद हिन्दू धर्मशास्त्रअनुसार भगवान…

वैशाख शुक्ल नवमी : सीता जयन्ती

वैशाख शुक्ल नवमी : सीता जयन्ती

वैशाख महिनाको शुक्ल पक्षको नवमी तिथिमा सीताको जन्म भएको थियो । यस दिनलाई सीतानवमी …

मगर समुदायको भूमे पर्व सुरु, ४ जिल्लामा सार्वजनिक बिदा

मगर समुदायको भूमे पर्व सुरु, ४ जिल्लामा सार्वजनिक बिदा

१ असार, काठमाडौं । मगर समुदायको भूमे पर्व आजदेखि सुरु भएको छ । प्राकृतिक विपत्ति न…