SamwadKhabar logo

               

धर्म संस्कृति

साउने (कर्कट) सङ्क्रान्ति : लुतो फाल्ने दिन

प्रमिला भुजेल

प्रमिला भुजेल

साउने (कर्कट) सङ्क्रान्ति : लुतो फाल्ने दिन

१ साउन, काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । 

सूर्यले मिथुन राशिको भोग पूरागरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ। साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ ।

नेवार समुदायले यसलाई कुन्हु पर्व भन्ने गर्दछन भने किराँत समुदायले सिसेक्पा तङ्नाम भन्ने गर्छन । मगर समुदायले राँक्या पर्व भन्ने गर्छन । थारू समुदायले गुरिया पर्व भन्ने गर्छन । तमु–गुरुङ, बरामु, माझी, जिरेल, छन्त्याल, याक्खा, सुनुवार आदि जातिले पनि आफ्नै तरिका तथा नामले साउने संक्रान्ति मनाउने गर्दछन् ।

साउने संक्रान्तिका दिन नेपालका सबै जाति तथा समुदायले आ–आफ्ना इष्ट देवी देवताको पूर्जा अर्चाना गर्दै आ–आफ्नै विधिअनुसार पुजा गर्छन् । प्रायः सबै समुदायमा साउने संक्रान्तिका दिन आफ्नो गच्छेअनुसार माछा– मासुका परिकार पकाउने गर्छन् । आ–आफ्नो संस्कारअनुसार कहीँ राँगा काटिन्छ, कहीँ संगुर काटिन्छ, कहीँ खसी बोका, कहीँ हाँस कुखुरा काटिन्छ भनेकेहि समुदायले साउन महिनाभरी माछा मासु खानु हुँदैन भनेर माछा मासु बार्ने पनि गर्दछन ।

साउनमा माछामासु बार्नुको वैज्ञानिक कारण छ । यो महिनामा जनावरमा अत्याधिक संक्रमणको भय रहन्छ । मासुजन्य परिकारमा संक्रमणको संभावना बढी हुन्छ । मासुमंसमा जीवाणु फैलने कुहिने, सड्ने हुन्छ । त्यही कारण यसबेला मासुमंस खानुलाई त्यती हितकर मानिदैन । यो समयमा सात्विक भोजन एवं हल्का, सुपाच्य खानेकुरा खानुपर्ने प्रचलन छ । यतिबेला उपवास बस्ने चलन पनि छ । यसले पनि पाचन यन्त्रलाई राहत दिन्छ ।

अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषिकर्ममा व्यस्त हुन्छन् । त्यस क्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ ।

एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन् । परम्पराअनुसार कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।

लुतो फाल्दा आ–आफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाउने महिनाका रुपमा पनि लिइन्छ ।

महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको पनि उहाँले बताउनुभयो । साउन महिनामा विशेषगरी हरियो कपडा र चुरा बढी बिक्री हुने गरेको छ । यो महिनामा धेरै महिलाले हरियो र रातो पहिरन लगाउने गर्छन् ।

 

ताजा

सबै

नक्सालस्थित टेस्लाको शो रुममा आगलागी

भदौ २१, काठमाडौं । नक्सालस्थित टेस्लाको शो रुममा आगलागी भएको छ । आगलागीबाट कार्यालय…

तीजको सामाजिक-सांस्कृतिक महत्व

काठमाडौं ।विश्वमा महिना दिनसम्म पानी पनि नपिई गरिने धार्मिक व्रतहरू छन् । गर्नेले श्रद्…

पशुपतिमा तिजको दिन बिहान ३ बजेबाट चारैवटा ढोका खुला गरिने

२० भाद्र, काठमाडौं । पशुपतिमा हरितालिका तिजको अवसरमा भोली बिहान तीन बजेबाट चारैव…

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

लोकप्रिय

सबै

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…

पशुपतिमा तिजको दिन बिहान ३ बजेबाट चारैवटा ढोका खुला गरिने

२० भाद्र, काठमाडौं । पशुपतिमा हरितालिका तिजको अवसरमा भोली बिहान तीन बजेबाट चारैव…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

यो पनि

पशुपतिमा तिजको दिन बिहान  ३ बजेबाट चारैवटा ढोका खुला गरिने

पशुपतिमा तिजको दिन बिहान ३ बजेबाट चारैवटा ढोका खुला गरिने

२० भाद्र, काठमाडौं । पशुपतिमा हरितालिका तिजको अवसरमा भोली बिहान तीन बजेबाट चारैव…

हिन्दु महिलाहरूको महान पर्व तीज सुरु, आज दरखाने दिन

हिन्दु महिलाहरूको महान पर्व तीज सुरु, आज दरखाने दिन

२० भाद्र, काठमाडौं । हिन्दु महिलाहरू आज तीज पर्वको पहिलो दिन दर खाएर मनाउदै छन् । न…

नेवार समुदायको गुँला पर्व आज समापन गरिँदै

नेवार समुदायको गुँला पर्व आज समापन गरिँदै

१९ भाद्र, काठमाडौं । नेवार समुदायले एक महिनासम्म धर्म, कर्म एवं राम्रो काम गरेर मनाए…

कैलारीमा अट्वारी पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा

कैलारीमा अट्वारी पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा

१८ भाद्र, काठमाडौं । कैलालीको कैलारी गाउँपालिकाले थारु समुदायको अट्वारी पर्वको अवस…