SamwadKhabar logo

समाचार

बौद्ध महाङ्कालमा भगवान र गुरु पद्मसम्भवको भव्य प्रतिमाको प्राण प्रतिष्ठा हुने

संवाद खबर

संवाद खबर

बौद्ध महाङ्कालमा भगवान र गुरु पद्मसम्भवको भव्य प्रतिमाको प्राण प्रतिष्ठा हुने

४ असार, काठमाडौं । 

काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्धमा महाङ्काल भगवान र गुरु पद्मसम्भवको भव्य प्रतिमा प्राण प्रतिष्ठापन ह्राप्ने साधना पुजा हुने भएको छ ।

नेपाल सरकार संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तरगत रहेको श्री बौद्धनाथ क्षेत्र विकास समितिद्धारा काठमाण्डौ महानगरपालिका वडा नं ६ बौद्धमा निर्मित महाङ्काल भगवान, गुरु पद्मसम्भवको प्रतिमा प्रतिष्ठापन पूजा गरिने भएको हो ।

यही साउन ५, ६, ८ र ९ गते महाङ्काल भगवानको प्रतिमा प्रतिष्ठापन साधना पूजा गरिने श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले जानकारी दिएका हुन्। अध्यक्ष राजकुमार लामाको अध्यक्षतामा साउन २ गते बसेको बैठकमा छलफल भई यस कार्यक्रम सम्बन्धी निर्णय भएको अध्यक्ष लामाले जानकारी दिए ।

बैठकले उक्त पूजा सम्पन्न गर्नका लागि विकास समितिका पदाधिकारी, सदस्य र विभिन्न सरोकारवाला निकाय संघ–संस्थाहरु रहनेगरि सहारोह समिति गठन गरि विभिन्न जिम्मेवारी समेत विभाजन गरेको छ ।

पूजा कार्यक्रममा जिम्मेवारी सहित उपस्थित हुन समेत सो बैठकले सबैलाई आमन्त्रण गरेको छ । निर्धारित कार्यक्रमअनुसार साउन ५ गते शनिबार बिहान १० बजे श्रद्धेय गुरु नाम्खा रेन्पोचेबाट साधना राप्ने पूजा गर्दै बौद्ध महाङ्काल मूर्ति प्रतिष्ठापन पूजा सुरु हुने छ । त्यसैगरी, ६ गते आइतबार बिहान ९ बजे गुरु लोप्साङ नाम्गेल रेन्पोचेबाट श्रद्धेय गुरु पद्मसम्भव मूर्तिको साधना राप्ने पूजा हुने छ ।

यस्तै, ८ र ९ गते हिन्दू धर्म, बौद्ध धर्म र बज्राचार्य गुरुहरुबाट परम्परा अनुसार गुरुहरुबाट महाङ्काल मूर्तिको प्राणप्रतिष्ठापन साधना पूजा हुने अध्यक्ष लामाले जानकारी दिए । उनले उक्त कार्यक्रममा सहभागी हुन समेत सबैलाई अनुरोध गरेका छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि