SamwadKhabar logo

समाचार

कृषि विद्यार्थी प्रथम राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न

संवाद खबर

संवाद खबर

कृषि विद्यार्थी प्रथम राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न

६ साउन, चितवन । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको कृषि विद्यार्थी प्रथम राष्ट्रिय सम्मेलन चितवन जिल्लाको रामपुर स्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा सम्पन्न भएको छ ।

कृषि शिक्षाक्षेत्रको वर्तमान अवस्थाको समग्र चिन्तन र सुधारको बारेमा दुई दिनसम्म संचालित सम्मेलनमा तीनवटा विश्वविद्यालयका ८ वटा क्याम्पसमा कृषि विज्ञान अध्ययनरत ८५ जना विद्यार्थीहरूको सहभागीतामा दुई दिवसीय कृषि विद्यार्थी सम्मेलन सम्पन्न भएको केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्याैपानेले जानकारी दिनु भएको छ । कृषि शिक्षा क्षेत्रको वर्तमान अवस्थाको समग्र चिन्तन र सुधारको बारेमा चिन्तन मन्थन तथा विमर्श गरीएकाे विद्यार्थी परिषद्ले जनाएको छ ।

सम्मेलनलाई सम्बाेधन गर्दै प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले परिषद्काे विचार नेपाली माटोको विचार र हामिले शुभारम्भ गर्न गइरहेको कार्यपनि नेपालीमाटाेसँग जाेडिएकाे कार्य भएकोले याे कृषि विद्यार्थी सम्मेलन कृषि शिक्षा पढने विद्यार्थीहरूका लागि महत्त्वपूर्ण हुने बताउनु भएको थियो ।

उहाँले आज कृषक भन्ने वित्तिकै फाटेकाे कपडा, फाटेकाे चप्पल,निरास भएर आकासतिर हेरिरहेकाे आत्मविश्वास कम भएकाे देखिने,टेक्टरमा वसेकाे तस्वीर देखिन्छ तसर्थ हामीले कृषीलाई सम्मानित पेसाको रूपमा विकास र विस्तार गर्नु आवस्यक रहेको बताउनु भयो । उहाँले यस्तो तस्वीरलाई वदलेर खुसि, सम्पन्न, आत्मविश्वासपूर्ण किशान हामीले वनाउनु आवस्यक रहेको उल्लेख गर्नु भएको थियोे । उद्घाटन समारोहमा कृषि उद्यमी, व्यावसायी एवम् रोजगारदाता छविजङ्ग ठकुरीलाई कृषि उद्यमी सम्मानद्वारा परिषद्ले सम्मान पनि गरेको छ ।

ब्रिटिस आर्मीमा रहेर लामाे समय काम गर्नु भएका उहाँले आफु स्वदेश फिर्ताभई आफ्नो देशकाे माटाेमा केही काम गर्नु पर्छ भनी व्यावसायिक कृषि पेशा सञ्चालन गर्नु भइ उदाहरणीय कार्य गर्दै आइरहेकाले उहाँलाई सम्मान गरिएको परिषद्ले जनाएको छ ।

देवघाट धाममा जन्मेका छविजंग २०३९ देखि २०५२ सम्म ब्रिटिस आर्मिमा काम गरी नेपालको मायाले स्वदेश फर्किएर कृषि पेसामा लाग्नु भएको थियोे । उहाँले नवलपुर जिल्लाकाे ढाेडेनिमा वगैचा कृषि फार्म सन्चालन गरी लिचि, आप ,केरा, निवुवा, एवाेगार्डाे कागती, ड्रागन फुड आदिकाे व्यावसायिक खेती गरी दर्जनौंलाई राेजगर दिँदै आइरहनु भएको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको सभाहलमा सम्पन्न भएको सम्मेलनमा विद्यार्थी परिषद्का राष्ट्रिय अध्यक्ष डा. गोपीनाथ कण्डेल, राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, राष्ट्रिय सह संगठन सचिव रमेश कण्डेल, केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्याैपाने, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख झलकनाथ कण्डेल, कृषि उद्यमी छविजङ्ग ठकुरी र तिलक प्रसाद कण्डेल, कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि विज्ञानका सह प्राध्यापक डाक्टर सशान देवकोटा र डा. सन्तोष मरठ्ठा, कृषि तथा वन विज्ञान विश्वविद्यालय संयोजक विक्कि सिंह, रामपुर कृषि क्याम्पस संयोजक प्रकृति कण्डेल, सुदूरपश्चिम विश्विद्यालय स्कुल अफ अग्रीकल्चरका संयोजक गणेश वि. क.को विषेश उपस्थिति रहेको परिषद्ले बताएको छ ।

श्रावण ४ र ५ मा चितवनको रामपुर स्थित कृषि तथा वन विज्ञान विश्वविद्यालमा आयोजना गरिएको सम्मेलनले कृषि क्षेत्रकाे र शिक्षाको विषयलाई लिएर विशेष प्रस्ताव पारित गरी कृषि कार्यका लागि प्रकृति कण्डेलकाे नेतृत्वमा केन्द्रीय समिति घाेषणा गरी सम्मेलन सम्पन्न भएको विश्वविद्यालय कार्य प्रमुख न्याैपानेले जानकारी दिनु भएको छ ।

ताजा

सबै

ललितपुर महानगरद्वारा १० उद्यमी महिला सम्मानित

३ असार, काठमाडौं । ललितपुर महानगरले विभिन्न क्षेत्रमा उद्यम सिर्जना गरेका १० उद्यमी म…

ग्वार्कोस्थित फ्लाइओभर ४ दिनपछि सञ्चालनमा आउने, प्रधानमन्त्रीले उद्घाटन गर्ने

२ असार, काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा चार दिनपछि सवारीसाधन चल्ने भएक…

काठमाडौंमा बृहत थारू सांस्कृतिक कार्यक्रम हुँदै

२ असार, काठमाडौं । राष्ट्रिय थारू कलाकार मञ्चले असार ७ गते काठमाडौंमा बृहत राष्ट्रिय…

योग, सनातन संस्कृतिको एउटा अमूल्य उपहार

योग | सनातन संस्कृतिको एउटा अमूल्य उपहार | Yoga| A precious offering of Sanatan S…

लोकप्रिय

सबै

काठमाडौंमा बृहत थारू सांस्कृतिक कार्यक्रम हुँदै

२ असार, काठमाडौं । राष्ट्रिय थारू कलाकार मञ्चले असार ७ गते काठमाडौंमा बृहत राष्ट्रिय…

ग्वार्कोस्थित फ्लाइओभर ४ दिनपछि सञ्चालनमा आउने, प्रधानमन्त्रीले उद्घाटन गर्ने

२ असार, काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा चार दिनपछि सवारीसाधन चल्ने भएक…

मगर समुदायको भूमे पर्व सुरु, ४ जिल्लामा सार्वजनिक बिदा

१ असार, काठमाडौं । मगर समुदायको भूमे पर्व आजदेखि सुरु भएको छ । प्राकृतिक विपत्ति न…

नेपालको पहिलो विद्यार्थी आन्दोलन : "जयतु संस्कृतम्" दिवस मनाइँदै

१ असार, काठमाडौं । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् अभियान को सम्झनामा…

यो पनि