SamwadKhabar logo

समाचार

सडक मापदण्ड मिचेर बनाइएका संरचना हटाउन सुरु

प्रमिला भुजेल

प्रमिला भुजेल

सडक मापदण्ड मिचेर बनाइएका संरचना हटाउन सुरु

८ साउन, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–३२ तल्लो गगनगौँडाबाट भत्केको चौकीसम्म करिब पाँच सय मिटरभन्दा बढी दूरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन सुरु गरिएको छ। उक्त सडकको भत्केको चौकीदेखि कोत्रेपुलसम्म सडक मापदण्ड ८२ फिटभित्र सडकदेखि दायाँबायाँ घर अगाडि विभिन्न सरसामान राखिएको तथा अस्थायी संरचना निर्माण गरिँदा पैदल यात्रुलाई हिँडडुल गर्न कठिनाइ भएकाले त्यस क्षेत्रका संरचना हटाउन थालिएको हो ।

पृथ्वी राजमार्गको पोखरा मुग्लिन सडक आयोजना पश्चिम खण्ड सडक सुधार तथा चक्ला भइरहेको छ । 

यस सम्बन्धमा तल्लो गगनगौँडा बजार व्यवस्थापन समितिको गत जेठ ३० गते बसेको उपभोक्ता भेलाले निर्णय गरी आवश्यक पहलका लागि वडा कार्यालयमा अनुरोध गरिएको समितिका अध्यक्ष भुवानीप्रसाद पौडेलले जानकारी दिनुभयो।

वडाध्यक्ष अक्कलबहादुर कार्कीका अनुसार यसअघि नै संरचना हटाउन वडा कार्यालयले गत जेठ ३० गते सूचना जारी गर्दै प्रत्येक घरधनीहरूले आ–आफ्नो घर अगाडि मापदण्डमा पर्ने सरसामान, खेती तथा टहरा सूचना जारी भएको मितिले १५ दिनभित्र हटाइ मानिस हिँडडुल गर्न सहज बनाउन अनुरोध गरेको छ । 

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

काठमाडौँ। 'नेपाल प्रथम' राष्ट्रिय अभियानले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२…

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

२६ माघ, काठमाडौं । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान् पशुपति…

लोकप्रिय

सबै

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश

२६ माघ, काठमाडौं । सर्वोच्च अदालतले सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा अं…

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

काठमाडौँ। 'नेपाल प्रथम' राष्ट्रिय अभियानले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२…

संविधान संशोधन र मितव्ययी शासन प्रणाली आवश्यक : पूर्वन्यायाधीश भट्टराई

काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनपछि गठन हुने नयाँ संसद्ले वर्तमान संविध…

अमेरिका र ईरानबीच शुक्रबार आणविक वार्ता

माघ २२, काठमाडौं । अमेरिका र ईरानबीच शुक्रबार आणविक वार्ता हुने भएको छ । ओमानमा व…

यो पनि

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

२६ माघ, काठमाडौं । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान् पशुपति…

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश

२६ माघ, काठमाडौं । सर्वोच्च अदालतले सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा अं…

नेपाल टेलिकमद्वारा देशभर अनलाइन केवाईसी अपडेट सुविधाको विस्तार

नेपाल टेलिकमद्वारा देशभर अनलाइन केवाईसी अपडेट सुविधाको विस्तार

२६ माघ, काठमाडौं । नेपाल टेलिकमले आफ्ना जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताहरूका लाग…

हेटौँडा औद्योगिक क्षेत्रमा थप दुई उद्योग सञ्चालनमा

हेटौँडा औद्योगिक क्षेत्रमा थप दुई उद्योग सञ्चालनमा

२५ माघ, काठमाडौं । मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा पछिल्लो समय उद्योगहरू थपिने…