SamwadKhabar logo

               

धर्म संस्कृति

२१ वर्षपछि थिमि ताहनानीमा भैरव नाच

प्रमिला भुजेल

प्रमिला भुजेल

२१ वर्षपछि थिमि ताहनानीमा भैरव नाच

१५ साउन, काठमाडौं । मध्यपुरथिमिमा भाद्र कृष्ण द्वितिया (गुँलागा द्वितिया) देखि पञ्चमीसम्म चार रात नचाइने थिमि भैलः प्याखँ यसवर्ष वडा नम्बर ५ ताहाननीबाट प्रदर्शन गरिने भएको छ । गाईजात्राको भोलिपल्टको रातिदेखि चार रात प्रदर्शन गरिने ऐतिहासिक एवम् धार्मिक महत्वको भैल प्याखँ २१ वर्षपछि ताहाननीबाट प्रदर्शन हुन लागेको हो ।

गुरु पूर्णिमादेखि प्याँख अर्थात नाचको प्रशिक्षण सुरु गरिएको छ । थिमि भैलः प्याखँमा न्हापाँ भैल ९अघिल्लो भैरव० एक, लिपाँ भैल ९पछिल्लो भैरब० एक, ज्यापुंगः  एक, न्हापाँ दागीँ ९अघिल्लो दागीँ० एक र लिपाँ दागीँ ९पछिल्लो दागीँ० एक जना गरी कूल पाँच जना देवीदेवता रहन्छ । अशोक प्रजापतिले न्हापा भैलः, बालमुकुन्द प्रजापतिले लिपा भैलः, आयुष प्रजापतिले न्हापाँ दाँगी ९कुमारी०, साहिल प्रजापतिले लिपा दाँगी ९महालक्ष्मी० र ज्यापुंगचा ९हरिसिद्धि० मा कृशल प्रजापतिले भूमिका निर्वाह गर्ने थिमि भैलः प्याखँ व्यवस्थापन समितिका उपाध्यक्ष बलराम प्रजापतिले जानकारी दिनुभयो ।

थिमिका जीवित साँस्कृतिक धरोहर साँस्कृतिक र परम्परागत प्याखँ एवम् वाद्य बादन गुरु श्रीगोपाल प्रजापतिको नेतृत्वमा गुरुहरु कृष्णबहादुर प्रजापति, बालकृष्ण प्रजापति, चन्द्रभक्त प्रजापति र प्रेमकृष्ण प्रजापतिले प्याखँको प्रशिक्षण गराइरहनु भएको छ । त्यसैगरी बाद्यबादनतर्फ धाँ बाजा, भुस्या, मुवाली र पुँगा बजाउने वाद्यवादकहरु करिब तीन दर्जनको सङ्ख्यामा रहेका छन् । यसका साथै प्याखँका कलाकारका सहयोगीसमेत करिब ५० जनाको टोली भैल प्याखँमा सहभागी रहेको व्यवस्थापन समितिका उपाध्यक्ष प्रजापतिले बताउनुभयो ।

किंबदन्तीअनुसार परापूर्वकालमा थिमि क्षेत्रका जनतालाई भूतप्रेतले अत्याधिक दुःख दिइरहन्थे । रातको समयमा मात्र नभइ दिनको समयमा पनि दुःख दिन थालेपछि किसान खेतीपाती गर्न जान पनि डराउन थाले । त्यसपछि राजाले तान्त्रिक, विद्वान, नामुद शास्त्रज्ञहरुसँग छलफल गरी मानिसमा तान्त्रिकरुपमा भैरवनाथ जगाइ टोलटोलमा क्रोधित मुद्रामा नचाएमा भूतप्रेत भाग्ने र कहिले नआउने सुझाव दिएपछि थिमिमा भैलः प्याँख अर्थात् भैरब नाच सञ्चालनमा आएको बताइन्छ । रासस 

ताजा

सबै

काठमाडौं महानगरको सिप मेला सुरु

८ जेठ, काठमाडौं । काठमाडौँ महानगरपालिकाले सिप मेला२०८२ का कार्यक्रम सुरु गरेको छ …

सेवा र विकासका लागि युवाद्वारा ककनीमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

८जेठ, काठमाडौं । सेवा र विकासका लागि युवाले ककनी गाउँपालिकाका ५ का विद्यार्थीलाई …

गौशालामा बस अनियन्त्रित भई दुर्घटना

जेठ ७, काठमाडौं । काठमाडौं महानगरपालिका८ स्थित गौशालामा एक बस अनियन्त्रित भएर दुर्घ…

साइबर कानुनसम्बन्धी कक्षा सञ्चालन गर्दै प्रहरी

७ जेठ, काठमाडौं । ओखलढुङ्गा जिल्लाअन्तर्गत सिद्धिचरण नगरपालिका११ मा नेपाल प्रहरीले सा…

लोकप्रिय

सबै

गौशालामा बस अनियन्त्रित भई दुर्घटना

जेठ ७, काठमाडौं । काठमाडौं महानगरपालिका८ स्थित गौशालामा एक बस अनियन्त्रित भएर दुर्घ…

सेवा र विकासका लागि युवाद्वारा गुरुकुलमा शैक्षिक सामग्री वितरण

६ जेठ, काठमाडौं । सेवा र विकासका लागि युवाद्वारा आयोजित श्रीपरमानन्द संस्कृत गुरुकु…

काठमाडौं महानगरको सिप मेला सुरु

८ जेठ, काठमाडौं । काठमाडौँ महानगरपालिकाले सिप मेला२०८२ का कार्यक्रम सुरु गरेको छ …

सेवा र विकासका लागि युवाद्वारा ककनीमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

८जेठ, काठमाडौं । सेवा र विकासका लागि युवाले ककनी गाउँपालिकाका ५ का विद्यार्थीलाई …

यो पनि

रातो मच्छिन्द्रनाथको रथ जेठ १५ गते जावलाखेल लगिने

रातो मच्छिन्द्रनाथको रथ जेठ १५ गते जावलाखेल लगिने

१ जेठ, काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ जेठ १५ गते लगनखेलको थती टोलबाट जावलाखेल …

नौलिंग भद्रकाली जात्रा

नौलिंग भद्रकाली जात्रा

३० वैशाख, काठमाडौं । बुढानीलकण्ठ नगरपालिका१३ मा वैशाख २७ गते त्रयोदशी अर्थात् बचलाथ्…

दुष्ट शक्तिमाथि निःस्वार्थ भक्तिको विजय : नरसिंह जयन्ती

दुष्ट शक्तिमाथि निःस्वार्थ भक्तिको विजय : नरसिंह जयन्ती

वैशाख महिनाको चतुर्दशी तिथि अर्थात्आजनरसिंहजयन्ती। नृसिंह (नरसिंह) नर (मान्छे) अनि स…

अक्षयफलदाता तिथि: अक्षयतृतीय, परशुराम जयन्ती

अक्षयफलदाता तिथि: अक्षयतृतीय, परशुराम जयन्ती

वैशाख मासको शुक्ल पक्षको तृतीया तिथिलाई अक्षयतृतीय भनिन्छ । अक्षयको शाब्दिक अर्थ हो जस…