SamwadKhabar logo

समाचार

सिनामंगल गेस्ट हाउसमा महिला र पुरुष मृत फेला

संवाद खबर

१८ साउन, काठमाडौं । । काठमाडौं सिनामंगलको एक गेस्ट हाउसमा एक महिला र एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीका अनुसार काठमाडौँ महानगरपालिका–९ स्थित शम्भुमार्गमा रहेको झरना गेष्ट हाउसमा दुई जनाको शव फेला परेको हो । 

शव बाजुराको त्रिवेणी नगरपालिका–४ घर भएका २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी करिब २० वर्षीया करिष्मा सार्की रहेको प्रहरीले जनाएको छ । 

होटेल सञ्चालकका अनुसार साउन १५ गतेदेखि उनीहरू सो गेस्ट हाउसमा बस्दै आएको र शुक्रवार मध्यान्ह खान खानेबारे बुझ्न गेस्ट हाउसका स्टाफ जाँदा ढोका नखुलेपछि प्रहरीलाई खबर गरेको हो । 

प्रहरीले आएर ढोका खोलेर हेर्दा दुबै जना मृत भेटिएको हो । करिष्माको घाँटीमा चोट देखिएको छ । भरत पङ्खामा डोरीले पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका छन् । भरतले हत्यापछि आत्महत्या गरेको हुनसक्ने प्रहरलिे अनुमान गरेको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको छ । 

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि