SamwadKhabar logo

               

शिक्षा

प्राज्ञिक विद्यार्थी परिषद्ले २५२५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै

संवाद खबर

संवाद खबर

प्राज्ञिक विद्यार्थी परिषद्ले २५२५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै

साउन १८, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्ले २५२५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ । शुक्रबार रिपाेटर्स क्लबमा पत्रकार सम्मेलन गरेर देशका १६ वटा जिल्लाकाे विभिन्न सामुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू वितरण गर्ने जानकारी गराएको हाे ।

विद्यार्थीहरूको आवश्यकतालाई महशुस गरी विभिन्न १६ वटा जिल्ला इलाम, झापा, धनुषा, चितवन, काठमाडौँ, रसुवा, रामेछाप, पर्वत, मुस्ताङ, पाल्पा, गुल्मी, प्युठान, रुकुम, सुर्खेत, बैतडी र कञ्चनपुरमा कक्षा ११ र १२ मा अध्ययनरत २५ सय २५ जना विद्यार्थीहरूलाई झोला, कपी, कलम, जमेक्ट्री बक्स, प्राज्ञिक अंगेजी बोलचाल पुस्तक, नेपाली वृहत शब्दकोश र क्याप लगायतका शैक्षिक सामग्री वितरण गरिने राष्ट्रिय सचिव जानकी आचार्यले बताइन् ।

भारत सरकारकाे र भारतीय जनताहरूकाे सहयोगमा विद्यार्थी परिषद्, सेवा र विकासका लागि युवाकाे समन्वयमा विद्यार्थी परिषद्ले देशकाे १६ वटा जिल्लाका विद्यार्थीहरूलाई ५१ लाख बराबरकाे उक्त शैक्षिक सामग्री वितरण गर्न गइरहेको परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनीले पत्रकार सम्मेलनमा बताए ।

विद्यार्थी परिषद्ले विगत तीन वर्षदेखि देशकाे अलग अलग क्षेत्रका जिल्लाहरूमा रहेको सामुदायिक र सरकारी विद्यालयकाे कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई , शैक्षिक व्याग, कपि, पेन, टाेपी, प्राज्ञिक अङ्ग्रेजी सिकाइ पुस्तक, नेपाली बृहत् शब्दकाेष लगायतकाे शैक्षिक सामग्रीहरू वितरण गर्दै आइरहेकोले यस वर्ष पनि विगतका वर्षहरूझैँ अलग अलग १६ वटा जिल्लाहरूकाे सामुदायिक विद्यालयहरूका विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू वितरण गर्न गइरहेको महासचिव पंगेनीले बताए ।

विद्यार्थी परिषद्का केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्यौपानले पत्रकारहरूका प्रश्नहरूको जवाफ दिँदै विद्यार्थी परिषद्ले राष्ट्र प्रथमको विचारले नेपाली युवाहरूलाई सिञ्चीत गर्दै नेपाल आमाको जयका लागि आवश्यक सम्पूर्ण कार्य गर्नसक्ने व्यक्ति तयार गरिरहेको बताउँदै विद्यार्थीलाई प्रदान गरिने शैक्षिक सामग्री अन्तर्गत कपीमा व्यक्तिको राष्ट्रिय चरित्र निर्माणका लागि आवश्यक एक संकल्प राष्ट्रका लागि राखिएको जानकारी दिए ।

नेपालको शैक्षिक विकासमा विभिन्न प्रकारका छात्रवृत्ति प्रदान, क्याम्पस, विद्यालय तथा पुस्तकालयका शैक्षिक तथा प्रशासनिक भवन निर्माण, विद्यालय तथा क्याम्पसका लागि वस प्रदान जस्ता महत्वपूर्ण सहयोग गर्दै आएको मित्रराष्ट्र भारतले प्राज्ञिक विद्यार्थी परिषद् नेपालको आग्रहलाई स्वीकार गरी भारतीय जनता र भारत सरकारको सहगोगबाट प्राप्त भएको केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख न्याैपानेले जानकारी दिए ।

२०५२ सालदेखि शिक्षा क्षेत्रमा दलगत राजनीति भन्दा माथि रहेर नेपालको एकमात्र स्वतन्त्र विद्यार्थी संगठनको रूपमा विद्यार्थी, शिक्षक र शिक्षाविद्माझ कार्य गर्दै आएको प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले हालसालै पनि देशका सातवटै प्रदेशमा विभिन्न शिक्षाविद्हरूलाई राखि शिक्षाक्षेत्रको समग्र सुधारका लागि शिक्षा कार्यशाला पनि सम्पन्न गरेको थियो । विद्यार्थीहरूको वैचारिक एवम् सामाजिक विकास गर्ने क्रममा देशभरका क्याम्पसहरूमा जीवननोपयोगी सीपमा आधारित व्यक्तित्व विकास तालिम, छात्राहरूका लागि मिसन साहसी कार्यक्रम, निःशुल्क कम्प्युटर तालिम, कोचिङ् कक्षा, बालसंस्कार कार्यक्रम, सरसफाइ अभियान, वृक्षारोपण, प्रतिभा सम्मान, रक्तदान शिविर जस्ता रचनात्मक एवम् सिर्जनात्मक क्रियाकलाप प्राज्ञिक विद्यार्थी परिषद् नेपालले गर्दै आएको छ ।

शुक्रबार रिपोर्टर्स क्लबमा भएको पत्रकार सम्मेलनमा परिषद्का राष्ट्रिय महासचिव विष्णु पंगेनी, केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख तथा कोशी र मधेश प्रदेश संगठन सचिव छितराज न्यौपने, राष्ट्रिय सचिव जानकी आचार्य, सृष्टि जोशी, राष्ट्रिय मिडिया कार्य प्रमुख कृष्ण प्रसाद हुमागाई, सेवा र विकासका लागि युवाका कार्यकारी निर्देशक अर्जुन बगाले, बाग्मती प्रदेश सचवि मनिता देवकोटा लागाएतको उपस्थिति रहेको थियो ।

ताजा

सबै

राष्ट्र सेविका नेपालको राष्ट्रिय योजना बैठक २०८१ आजबाट शुरु

भदौ २८, काठमाडौं । राष्ट्र सेविका नेपालको राष्ट्रिय योजना बैठक २०८१ आजबाट शुरु भएको…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

लोकप्रिय

सबै

असोज १३ गतेदेखि सुकिला नोट साट्न पाइने

२६ भाद्र, काठमाडौं । दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । नयाँ…

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

२६ भाद्र, काठमाडौं । यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइएको छ । साइत …

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

यो पनि

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

१७ भाद्र, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका…

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

१४ भाद्र, काठमाडौं । काठमाडौ विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३ सय १४ …

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

१३ भाद्र, काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्रीब…