SamwadKhabar logo

समाचार

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

संवाद खबर

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइएको छ ।

हटाइएका बोर्ड सदस्यद्वयमा भक्तबहादुर पुन र कपिल आचार्य हुनुहुन्छ । 

उद्योगी व्यवसायीहरुले डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता तिर्नुपर्ने अडान राख्दै आउनुभएको आचार्य र पुनलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बोर्ड सदस्यबाट हटाएको हो । आफूहरूलाई इमेलमार्फत हटाएको पत्र आएको आचार्यले बताउनुभयो । 

डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल सरकार तथा विद्युत् नियमन आयोगले दिएको निर्देशन कार्यान्वयन गर्न असहयोग गरेको भन्दै गत साउन १५ मा लिखित स्पष्टीकरण सोधिएको थियो । दुवै जनाले बुझाउनुभएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै १८ साउनमा मन्त्री दीपक खड्काले दुवै जनालाई पदमुक्त गर्ने निर्णय गर्नुभएको थियो । 

आचार्यले सरकारले आफूहरूलाई चार वर्षको नियुक्ति दिएको र राज्यको पक्षमा उभिँदा राज्यले नै अनावश्यक आरोप लगाएर हटाएपछि आफूहरू न्यायका लागि अदालत जाने बताउनुभयो । पत्र भर्खर प्राप्त भएको भन्दै कानुनी परामर्शपछि अदालत जाने तयारीमा रहेको उहाँको भनाइ छ । 

ताजा

सबै

करिब २५ करोड नगदसहित काठमाडौँबाट दुईजना पक्राउ

५ चैत्र, काठमाडौं । करिब २५ करोड नगदसहित काठमाडौंबाट प्रहरीले दुईजनालाई पक्राउ गरे…

हास्य अभिनेत्री भुसाल ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित

४ चैत्र, काठमाडौं । वरिष्ठ हास्य अभिनेत्री बसुन्धरा भुसाल लाइफटाइम अचिभमेन्ट अवार्ड बा…

तिलगंगा नेत्र विश्वविद्यालय विधेयक पारित गर्दै राष्ट्रिय सभा

४ चैत्र, काठमाडौं । राष्ट्रिय सभाले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक पारित गर्दैछ । …

राष्ट्रपतिद्वारा ४ वटा विधेयक प्रमाणीकरण (सूचीसहित)

३ चैत्र, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ४ वटा विधेयक प्रमाणीकरण गर्नुभ…

लोकप्रिय

सबै

टोखामा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

३ चैत्र, काठमाडौं । शनिवार काठमाडौंको टोखामा भएको दुर्घटनामा परी मोटरसाइकल चालकको…

‘मूर्ति’ भएको स्थान प्रमाणित भएपछि पुनःस्थापना गरिनेः पुरातत्व विभाग

३ चैत्र, काठमाडौं । विष्णुमती नदीमा भेटिएको मूर्ति भीममुक्तेश्वर मन्दिरको भए नभएको भन्…

भैरहवामा धम्म यात्रा सम्पन्न, बाटोमा फूल छरेर भिक्षुको स्वागत

३ चैत्र, काठमाडौं । पाँच सय जना श्रामणेर (अल्पकालीन भिक्षु)हरूको यात्रा धम्म यात्रा शन…

हास्य अभिनेत्री भुसाल ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित

४ चैत्र, काठमाडौं । वरिष्ठ हास्य अभिनेत्री बसुन्धरा भुसाल लाइफटाइम अचिभमेन्ट अवार्ड बा…

यो पनि