SamwadKhabar logo

               

धर्म संस्कृति

रेसुंगा साउने मेलामा शनिवारदेखि एक साता महापुराण सञ्चालन हुने

संवाद खबर

संवाद खबर

रेसुंगा साउने मेलामा शनिवारदेखि एक साता महापुराण सञ्चालन हुने

२४ साउन, काठमाडौं । प्रत्येक वर्ष साउनभर गुल्मीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल रेसुंगामा लाग्ने मेलामा  यो वर्ष श्रीमदभागवत महापुराण एक साता सञ्चालन गर्ने भएको छ । रेसुंगा संरक्षण समितिद्वारा २६ साउनदेखि एक साता महापुराण सञ्चान गरिने भएको हो । 

आयोजकका अनुसार महापुराणको पूर्वसन्ध्यामा २५ साउनमा तम्घासबाट विशाल शोभा कलशयात्रा हुने छ। 

श्रीमदभागवत महापुराणका लागि भारत राजस्थानका योगी शम्भुनाथजी महाराज आउँदै हुनुहुन्छ ।  उनले गत वर्ष पनि रेसुंगा र आयोध्याको धार्मिक सम्बन्ध प्रगाढ बनाउन विशाल सन्त सम्मेलन तथा महायज्ञ गर्नुभएको थियो। 

गत वर्षको विशाल महायज्ञले धार्मिक रूपमा रेसुंगालाई थप उचाइमा पुर्‍याएको र आर्थिक रूपमा समेत २५ लाख कोषमा रकम जुटाउन सकिएकाले आफूहरूमा पनि ऊर्जा थपिएको रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताउनुभयो। 

महापुराणका लागि सम्पूर्ण व्यवस्थापनको काम अन्तिम चरणमा पुगिसकेको रेसुंगा संरक्षण समितिका सचिव गोपाल पन्थीले जानकारी दिनुभयो । मेला अवधिभर धार्मिक प्रवचन, भक्तिसंगित, सामूहिक रुद्री, ग्रहजपलगायतका कार्यक्रम नियमित रूपमा सञ्चालन भएको रेसुंगा संरक्षण समितिका सहसचिव यज्ञप्रसाद पन्थीले बताउनुभयो । 

धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणबाट निकै महत्त्वपूर्ण मानिने रेसुंगामा हरेक वर्ष साउनेसंक्रान्तिदेखि साउन महिनाभर नै मेला लाग्ने गरेको छ। साउन महिनामा रेसुंगामा रहेको पोखरीमा स्नान गरेमा सम्पूर्ण पाप नष्ट भएर पुण्य तथा समृद्धि प्राप्त हुने धार्मिक जनविश्वास रहेको छ । 

ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

यो पनि

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

२६ भाद्र, काठमाडौं । यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइएको छ । साइत …

आज ऋषिपञ्चमी पर्व मनाइँदै

आज ऋषिपञ्चमी पर्व मनाइँदै

भदौ २३, काठमाडौँ । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा …