SamwadKhabar logo

               

समाचार

तालिबानद्वारा महिलालाई घर बाहिर नजान र नबोल्न उर्दी

संवाद खबर

संवाद खबर

तालिबानद्वारा महिलालाई घर बाहिर नजान र नबोल्न उर्दी

१२ भाद्र, काठमाडौं । तालिबानले अफगानिस्तानमा महिलासम्बन्धी नयाँ कानुन लागू गरेको छ । तालिबान सरकारको मन्त्रालयले महिलालाई सार्वजनिक रूपमा महिलाहरूलाई घर बाहिर बोल्न प्रतिबन्ध लगाइएको छ । साथै सार्वजनिक स्थानमा सधैं बाक्लो कपडाले शरीर र अनुहार छोप्न निर्देशन दिइएको छ ।

यो कानुनले अफगानिस्तानमा महिलाको जीवन अझ सीमित गर्ने भएको छ । 

तालिवानका सर्वोच्च नेता मुल्ला हिबतुल्लाह अखुन्दजादाले नयाँ कानुनलाई अनुमोदन गरेका छन् । यी कानुनलाई हलाल र हराम गरी दुई वर्गमा विभाजन गरिएको छ।

अङ्ग्रेजी पत्रिका द गार्डियनका अनुसार तालिबानले यी कानुनको कारण दिँदै महिलाको आवाजले पनि पुरुषलाई विचलित पार्न सक्ने बताएको छ । यसबाट बच्न महिलाले सार्वजनिक स्थानमा बोल्नबाट जोगिनुपर्छ । तालिबानले महिलाहरूलाई घरमा चर्को स्वरमा गीत गाउन र पढ्न निषेध गरेको छ। नयाँ कानुन उल्लङ्घन गर्ने महिला वा बालिकालाई कडा सजाय दिइनेछ । यस पटक महिलाबाहेक तालिबानले पुरुषमाथि पनि केही प्रतिबन्ध लगाएको छ । घरबाट बाहिर निस्कँदा पुरुषले पनि आफ्नो शरीर घुँडासम्म छोप्नु पर्नेछ । महिलालाई रगत वा विवाहद्वारा सम्बन्धित नभएका पुरुषलाई हेर्ने अनुमति नभएको व्याख्या नयाँ कानुनले गरेको छ।

तालिबानको आदेशसँगै अफगानिस्तानका टोलो टेलिभिजन, शमशद टेलिभिजन, आरियाना टेलिभिजनलगायतमा महिला प्रस्तोताले अनुहार छोपेर समाचार वाचन गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

तालिबानले मानिसहरूलाई इस्लामको मार्ग अनुसरण गर्न आग्रह गरेको छ । उनले त्यसो नगरे कारबाही गर्ने धम्की पनि दिएका छन् । 

तालिवानको यो निर्णयको संयुक्त राष्ट्रसंघले कडा निन्दा गरेको छ । यसका साथै धेरै मानवअधिकार संगठनहरूले पनि यस विषयमा आपत्ति जनाएका छन्। 

ताजा

सबै

राष्ट्र सेविका नेपालको राष्ट्रिय योजना बैठक २०८१ आजबाट शुरु

भदौ २८, काठमाडौं । राष्ट्र सेविका नेपालको राष्ट्रिय योजना बैठक २०८१ आजबाट शुरु भएको…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

लोकप्रिय

सबै

असोज १३ गतेदेखि सुकिला नोट साट्न पाइने

२६ भाद्र, काठमाडौं । दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । नयाँ…

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

२६ भाद्र, काठमाडौं । यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइएको छ । साइत …

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…