SamwadKhabar logo

               

खेलकूद

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

संवाद खबर

संवाद खबर

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

१२ भाद्र, काठमाडौं । घरेलु टोली नेपाललाई बंगलादेशले पराजित गर्दै दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिपको उपाधि जितेको छ । आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको फाइनल खेलमा नेपाललाई ४–१ ले पराजित गर्दै बंगलादेश उपाधि जिल्न सफल भएको हो । 

२१ औं मिनेटमा नेपालले अग्रता लिने अवसर गुमायो । बंगलादेशका गोलरक्षक एक अर्कासँग जुधेर लडेपछि निराजनले बल अघि बढाए । उनले पेनाल्टी क्षेत्रको बायाँ भागबाट दिएको क्रसलाई अभिनाश स्याङतानले पोस्टको दिशा दिन सकेनन् ।

पहिलो हाफको इन्ज्युरी समयमा बंगलादेशले अग्रता लियो । मिराजुल इस्लामले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट फ्रिकिकमा उत्कृष्ट गोल गरे । उनको फ्रिकिक टप कर्नरमा लाग्दै गोल भएको थियो ।

दोस्रो हाफको ५६ औं मिनेटमा बंगलादेशले अग्रता दोब्बर पार्यो । असादुल इस्लामले बायाँ विंगबाट दिएको क्रसमा असादुल मोल्लाले दिएको ब्याक हेडरलाई अनमार्क रहेका मिराजुल इस्लामले गोल गरे ।

७१ औं मिनेटमा बंगलादेशले अर्को गोल थप्यो । यसपटक मिराजुलको पासलाई मोहमद हुसेन राहुलले नियन्त्रणमा लिँदै पेनाल्टी क्षेत्रको ठिक भित्रबाट सुन्दर फिनिस गरे ।

८० औं मिनेटमा नेपालका लागि समिर तामाङले गोल गर्दै नेपालका लागि आशा जगाए । तर इन्ज्युरी समयमा पियास नोभाले गोल गर्दै बंगलादेशको जित सुनिश्चित गरे । बंगलादेशको जितमा मिराजुल इस्लामले २ तथा पियस नोभा र हुसेन राहुलले १–१ गोल गरे । नेपालका लागि समिर तामाङले सान्तवना गोल फर्काए । खेलमा फर्किने प्रयासमा रहेको नेपालले १० मिनेट इन्जुरी टाइममा गोलका केही प्रयास पनि गरेको थियो । तर ९६ औं मिनेटमा बंगलादेशले नै गोल गर्दै जित सुनिश्चित गर्‍यो ।

ताजा

सबै

जनकनन्दिनी सीता

जन्मजयन्ती विशेष :जनकनन्दिनी सीता ✍गणेश तिमिल्सिना वैशाख महिनाको शुक्ल पक्षको नवमी ति…

सुजन बाग श्रेष्ठले छेडाए तेश्रो पटक जिब्रो

२ वैशाख, काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिकास्थीत बोडेमा जिब्रो छेड्ने जात्रा …

सिन्दुर खेलेर भक्तपुरमा मनाइयो सुथसिया जात्रा

२ वैशाख, काठमाडौं ।बिस्केट जात्राका अवसरमा आआफ्नो टोलका देवीदेवतालाई विराजमान गराइ…

तेस्रोपटक जिब्रो छेड्दै सुजन बाग श्रेष्ठ, बोडेको जात्रालाई निरन्तरता

३१ चैत, काठमाडौं । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइ…

लोकप्रिय

सबै

जनकनन्दिनी सीता

जन्मजयन्ती विशेष :जनकनन्दिनी सीता ✍गणेश तिमिल्सिना वैशाख महिनाको शुक्ल पक्षको नवमी ति…

यो पनि

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि, पहिलो खेलमा नेपाल किर्गिस्तानसँग खेल्दै

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि, पहिलो खेलमा नेपाल किर्गिस्तानसँग खेल्दै

५ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि सुरू हुँदैछ । चार देश …

नेपाल कबड्डी लिगको उपाधिका लागि आज जनकपुर र काठमाण्डौ खेल्दै

नेपाल कबड्डी लिगको उपाधिका लागि आज जनकपुर र काठमाण्डौ खेल्दै

१८ माघ, काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) को उपाधिका लागि आज जनकपुर नाइट्स र क…

महिला टी–२० आई शृंखला : नेदरल्यान्ड्ससँग नेपाल पराजित

महिला टी–२० आई शृंखला : नेदरल्यान्ड्ससँग नेपाल पराजित

१७ माघ, काठमाडौं । काठमाडौंमा आजदेखि सुरू भएको महिला टी२०आई श्रृंखलाको पहिलो खेल…

महिला टी-२० आई शृंखला : नेदरल्यान्ड्सविरुद्ध नेपालले पायो १५८ रनको लक्ष्य

महिला टी-२० आई शृंखला : नेदरल्यान्ड्सविरुद्ध नेपालले पायो १५८ रनको लक्ष्य

१७ माघ, काठमाडौं । नेदरल्यान्ड्सले नेपाललाई त्रिदेशीय शृंखलामा पहिलो जितका लागि १५८…