SamwadKhabar logo

               

खेलकूद

रंगशाला बनाउन एन्फाले माग्यो सरकारसँग जग्गा

संवाद खबर

संवाद खबर

रंगशाला बनाउन एन्फाले माग्यो सरकारसँग जग्गा

१४ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सुविधा सम्पन्न अन्तर्राष्ट्रिय रंगशाला बनाउन सरकारसँग जग्गा माग गरेको छ । एन्फा कार्यसमितिको मंगलवार र बिहीवार बसेको बैठकले नेपालमा करिब ४० हजार दर्शक अट्ने फुटबल रंगशाला आवश्यक रहेकाले सरकारसँग जग्गा माग गर्ने निर्णय गरेको हो ।

बैठकले जग्गा प्राप्तिका लागि सरकारसँग समन्वय गर्न एन्फाका उपाध्यक्ष दीपक खतिवडाको संयोजकत्वमा उपाध्यक्ष दावा लामा र कार्यसमिति सदस्य मनिष जोशी सदस्य रहेको समिति गठन गरेको छ ।

केही दिनअघि एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी सुविधा सम्पन्न फुटबल रंगशालामा आवश्यक रहेको बताउनुभयो । एन्फाका प्रवक्ता सुरेश शाहले भन्नुभयो, “ यसअघि प्रधानमन्त्रीसँग भेटको समयमा जग्गा आवश्यक भएकोबारे जानकारी गराएका थियौँ । अहिले सरकारलाई जग्गा उपलबध गराइदिन आग्रह गर्ने निर्णय भएको हो । जग्गा पाएपछि निर्माण थालिहाल्ने योजना छ ।”

शाहका अनुसार एन्फाले रंगशाला निर्माणका लागि उपत्यकाभित्र चार ठाउँमा जग्गा हेरेको छ । तीमध्ये कुनै जग्गा मिलाइदिन एन्फा पदाधिकारीले प्रधानमन्त्रीलाई आग्रह गरेको छ । 

जग्गा पाएमा रंगशाला बनाउन सुरुमा २२ हजार अमेरिकी डलर विनियोजन गर्ने निर्णय समेत एन्फाले गरेको छ । 

एन्फाले सुविधासम्पन्न रंगशाला बनाउन ४ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको छ । हाल नेपालसँग रहेको एकमात्र रंगशाला त्रिपुरेश्वरस्थित दशरथ रंगशाला हो । तर, यही रंगशालाको पनि संरक्षण र मर्मतसम्भार गर्न नसक्दा नेपालमा हुनुपर्ने अन्तर्राष्ट्रिय खेलहरु पनि विदेशमा नै हुने गरेको छ ।

एन्फाको बैठक अनुसार दशरथ रंगशालामा  एन्फाबाटै रेखदेख, संरक्षण, मर्मत तथा परिचालनका लागि नेपाल सरकार युवा तथा खेलकुद मन्त्री र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवसँग माग गर्ने निर्णय गरेको छ ।

ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…