SamwadKhabar logo

               

धर्म संस्कृति

दशैंका लागि जनकपुरधामको राजदेवी मन्दिर सिङ्गारिँदै

संवाद खबर

संवाद खबर

दशैंका लागि जनकपुरधामको राजदेवी मन्दिर सिङ्गारिँदै

१६ असोज, काठमाडौं । हिन्दुहरूको महान पर्व दशैंको आगमनसँगै जनकपुरधाममा अवस्थित प्रसिद्ध राजदेवी मन्दिरलाई विशेष रूपमा सिँगार्न थालिएको छ । हरेक वर्ष दशैंको समयमा देवी दुर्गाको विशेष पूजा र आराधना गरिने हुँदा यस मन्दिरमा यस पटक पनि भव्य तयारीका साथ सिँगार्न थालिएको हो । 

मन्दिर व्यवस्थापन समितिले विगतका वर्षभन्दा उत्तम तयारी गरेर पर्यटकहरुको आर्षणको केन्द्र बनाउनमा जोड दिँदै मन्दिरलाई आकर्षक रूपमा सिंगार्न विशेष योजना बनाएको छ । मन्दिरको मुख्य प्रवेशद्वारदेखि गर्भगृहसम्मका क्षेत्रहरूमा विशेष सजावटको काम भइरहेको छ । रङ्गीन बत्तीहरू, विद्युत बल्ब, झिलिमिली प्रकाशहरू र फूलमालाहरूले मन्दिरको शोभा बढाउने खालका सजाउवट हुँदैछ भने मन्दिरभित्र फूलमालाका विशेष तोरणहरू बनाइएका छन् । स्थानीय फूलका साथै विभिन्न स्थानबाट ल्याइएका आकर्षक प्लाष्टिकका फूलहरूले मन्दिरको शोभा बढाउने छ । मूल मूर्तिलाई विशेष रूपमा सजाइनेछ, जसले देवीको सौन्दर्य र श्रद्धालुहरूको भक्ति झल्काउँछ । भक्तजनहरूको सुविधाका लागि मुलपूजा, कालरात्री पूजा, सुरक्षा, महाप्रसाद, खोइँच भराईसिंगार, लाइन व्यवस्थापन, रावण दहन, खाना, विजय जुलुस, रमाइलो मेला, मन्दिर परिसरमा स्वच्छता र सरसफाइ गरी १३ संयोजक समतिको व्यवस्था तथा ५० जना स्वयंसेवक परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।

राजदेवी मन्दिर जनकपुरधामको एक प्रमुख धार्मिकस्थल हो, जसले यस क्षेत्रमा मात्र नभई देशभरका श्रद्धालुहरूलाई आकर्षित गर्छ । दशैंको समयमा विशेष गरी महाअष्टमी र महानवमीका दिन यहाँ ठूलो सङ्ख्यामा भक्तजनको उपस्थिति रहन्छ । 

मन्दिर मिथिला क्षेत्रमा उच्च धार्मिक महत्व राख्ने स्थलको रूपमा परिचित छ । विशेष गरी दशैंमा यहाँ देवी दुर्गाको शक्ति र साहसको प्रतीकका रूपमा विशेष पूजा अर्चना हुन्छ । मन्दिरमा आउने भक्तजनले देवीको पूजा गर्दै आफ्नो मनोकामना पूरा हुने विश्वास राख्छन् । दशैंको समयमा यहाँ आउने हजारौँ श्रद्धालुले आफ्नो परिवार र समाजको कल्याणको कामना गर्दै विशेष पूजा गर्ने गर्छन् । 

स्थानीय प्रशासन र मन्दिर व्यवस्थापन समितिबीच भएको सहमति अनुसार मन्दिर क्षेत्रमा प्रहरीको विशेष टोली परिचालन हुनुको साथै सीसीटीभी क्यामेरा जडान गरेर सुरक्षा निगरानीलाई अझ सुदृढ बनाउने तयारी भइरहेको राजदेवी मन्दिर व्यवस्थापन समति तथा महावीर युवा कमिटीका अध्यक्ष अजयकुमार गुप्ताले बताउनुभयो । 

दशैंको अवसरमा राजदेवी मन्दिरको साजसज्जा र भक्तजनको भिडले जनकपुरधामलाई धार्मिक तथा सांस्कृतिक केन्द्रको रूपमा पुनःस्थापित गर्नेछ । 

ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…

यो पनि

जागरण अभियानद्वारा पशुपति क्षेत्र विकासको बेथितिबारे मन्त्री पाण्डेलाई ध्यानाकर्षण

जागरण अभियानद्वारा पशुपति क्षेत्र विकासको बेथितिबारे मन्त्री पाण्डेलाई ध्यानाकर्षण

कार्तिक ४, काठमाडौँ । हिन्दु राष्ट्र स्वभिमान जागरण अभियानले पशुपति क्षेत्र विकास कोषक…

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…

दशैंको सट्टामा मनाइने खोकनाको सिकाली जात्रा

दशैंको सट्टामा मनाइने खोकनाको सिकाली जात्रा

२२ असोज, काठमाडौं । दशैं नमनाउने गाउँको रूपमा परिचित खोकनाको सबैभन्दा ठूलो सिकाल…

पशुपतिस्थित धर्मशालाको व्यवस्थापन कोषले नै गर्ने निर्णय

पशुपतिस्थित धर्मशालाको व्यवस्थापन कोषले नै गर्ने निर्णय

२० असोज, काठमाडौं । पशुपति क्षेत्रमा रहेको पशुपति धर्मशालाको व्यवस्थापन अब पशुपति क्ष…