SamwadKhabar logo

               

धर्म संस्कृति

दशैंको सट्टामा मनाइने खोकनाको सिकाली जात्रा

संवाद खबर

संवाद खबर

दशैंको सट्टामा मनाइने खोकनाको सिकाली जात्रा

२२ असोज, काठमाडौं । दशैं नमनाउने गाउँको रूपमा परिचित खोकनाको सबैभन्दा ठूलो सिकाली जात्रा आज मंगलवार धुमधामका साथ मनाइएको छ ।

राजधानीको खोकनामा नेपालीहरुको चाड दशैंको सट्टा सिकाली जात्रा मनाउने गरिन्छ । सिकाली चौरमा रहेको मन्दिर वरिपरि स्थानीय भेला भएर जात्रा मनाउने गर्छन् । दशैं खोकनाबाट सुरू हुने विश्वास रहेपनि  परम्परागत रूपमा यहाँ दशैं भने मनाइँदैन । 

स्कन्दपुराणको माघ महात्म्यमा उल्लेख भए अनुसार दक्ष प्रजापतिको यज्ञलाई महाकाली र वीरभद्र लगायतका सैन्यगणले विध्वंस गरी देवगणलाई समेत तितरवितर पारेको कथाको आधारमा गरिने जात्रामा मंगलवार बिहानै सिकाली चौरमा यज्ञ मण्डप बनाएर यज्ञ लगाइएको थियो । सोही यज्ञलाई वीरभद्र र महाकालीले ध्वस्त बनाएका हुन् । मुख्य रूपले पूजापाठ र सामूहिक भोज खाएर मनाइने सिकाली जात्रा घटस्थापनादेखि नवमीसम्म श्रीस्वस्थानी व्रतकथामा आधारित देवी नृत्य गरेर मनाइन्छ । यहाँका बासिन्दा एकआपसमा टीका टालो नगरी आफ्नै परम्परा र मौलिकतामा यो जात्रा मनाउँछन् ।

यो जात्रालाई दशैंभन्दा पुरानो संस्कृति भएकोले यो जात्रा मनाएपछि दशैं मनाउन नभ्याएको खोकनावासी बताउँछन् ।

ताजा

सबै

काठमाडौं महानगरको सिप मेला सुरु

८ जेठ, काठमाडौं । काठमाडौँ महानगरपालिकाले सिप मेला२०८२ का कार्यक्रम सुरु गरेको छ …

सेवा र विकासका लागि युवाद्वारा ककनीमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

८जेठ, काठमाडौं । सेवा र विकासका लागि युवाले ककनी गाउँपालिकाका ५ का विद्यार्थीलाई …

गौशालामा बस अनियन्त्रित भई दुर्घटना

जेठ ७, काठमाडौं । काठमाडौं महानगरपालिका८ स्थित गौशालामा एक बस अनियन्त्रित भएर दुर्घ…

साइबर कानुनसम्बन्धी कक्षा सञ्चालन गर्दै प्रहरी

७ जेठ, काठमाडौं । ओखलढुङ्गा जिल्लाअन्तर्गत सिद्धिचरण नगरपालिका११ मा नेपाल प्रहरीले सा…

लोकप्रिय

सबै

गौशालामा बस अनियन्त्रित भई दुर्घटना

जेठ ७, काठमाडौं । काठमाडौं महानगरपालिका८ स्थित गौशालामा एक बस अनियन्त्रित भएर दुर्घ…

सेवा र विकासका लागि युवाद्वारा गुरुकुलमा शैक्षिक सामग्री वितरण

६ जेठ, काठमाडौं । सेवा र विकासका लागि युवाद्वारा आयोजित श्रीपरमानन्द संस्कृत गुरुकु…

काठमाडौं महानगरको सिप मेला सुरु

८ जेठ, काठमाडौं । काठमाडौँ महानगरपालिकाले सिप मेला२०८२ का कार्यक्रम सुरु गरेको छ …

सेवा र विकासका लागि युवाद्वारा ककनीमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

८जेठ, काठमाडौं । सेवा र विकासका लागि युवाले ककनी गाउँपालिकाका ५ का विद्यार्थीलाई …

यो पनि

रातो मच्छिन्द्रनाथको रथ जेठ १५ गते जावलाखेल लगिने

रातो मच्छिन्द्रनाथको रथ जेठ १५ गते जावलाखेल लगिने

१ जेठ, काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ जेठ १५ गते लगनखेलको थती टोलबाट जावलाखेल …

नौलिंग भद्रकाली जात्रा

नौलिंग भद्रकाली जात्रा

३० वैशाख, काठमाडौं । बुढानीलकण्ठ नगरपालिका१३ मा वैशाख २७ गते त्रयोदशी अर्थात् बचलाथ्…

दुष्ट शक्तिमाथि निःस्वार्थ भक्तिको विजय : नरसिंह जयन्ती

दुष्ट शक्तिमाथि निःस्वार्थ भक्तिको विजय : नरसिंह जयन्ती

वैशाख महिनाको चतुर्दशी तिथि अर्थात्आजनरसिंहजयन्ती। नृसिंह (नरसिंह) नर (मान्छे) अनि स…

अक्षयफलदाता तिथि: अक्षयतृतीय, परशुराम जयन्ती

अक्षयफलदाता तिथि: अक्षयतृतीय, परशुराम जयन्ती

वैशाख मासको शुक्ल पक्षको तृतीया तिथिलाई अक्षयतृतीय भनिन्छ । अक्षयको शाब्दिक अर्थ हो जस…