SamwadKhabar logo

               

धर्म संस्कृति

जागरण अभियानद्वारा पशुपति क्षेत्र विकासको बेथितिबारे मन्त्री पाण्डेलाई ध्यानाकर्षण

संवाद खबर

संवाद खबर

जागरण अभियानद्वारा पशुपति क्षेत्र विकासको बेथितिबारे मन्त्री पाण्डेलाई ध्यानाकर्षण

कार्तिक ४, काठमाडौँ । हिन्दु राष्ट्र स्वभिमान जागरण अभियानले पशुपति क्षेत्र विकास कोषको बेथितिको बारेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई जानकारी गराएको छ । आइतवार मन्त्री पाण्डेलाई भेटी अभियानकर्ताहरुले ध्यानाकर्षण गराएका हुन् ।

अभियानका पदाधिकारीहरूले आज मन्त्री पाण्डेलाई भेटेर त्यहाँको बेथितिको बारेमा लिखित रूपमा जानकारी गराउँदै त्यसको समाधानका लागि आग्रह गरेको अभियानका महासचिव देवेश झाले बताउनुभयो । 

पशुपति क्षेत्र विकास कोषको मातहतमा रहेको त्रिशूलरडमरु अकिंत जग्गालाई मदर टेरेसा ट्रस्ट अन्तर्गत पर्ने मिशनरी अफ च्यारिटी चर्च (मित्रपार्क), ज्ञानेश्वर चर्च (कालोपुल) सञ्चालन गर्न दिएको दाबी अभियानले गरेको छ ।

कालोपुलको ज्ञानेश्वर चर्चलाई स्थानीय हिन्दु समाजबाट सञ्चालन रोक लगाएपछि तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीबाट फेरि सञ्चालनमा ल्याएको जानकारी समेत मन्त्री पाण्डेलाई गराएको महसचिव झाले बताउनुभयो ।

त्रिशूलरडमरु छाप अंकित गुठी क्षेत्र अन्तर्गत पर्ने विजयनगरमा मस्जिद सञ्चालन गर्न दिएको, भगवान् पशुपतिनाथ मन्दिरमा शिवलिंग अभिषेक भइरहेको देख्ने गरी फोटोग्राफ लिने गरी फ्रेन्डस् पार्क बनाई दिएको, सर्वोच्च अदालतबाट निषेध भए पनि पाशुपत क्षेत्रभित्र रहेको मृगस्थलीमा इसाईहरूलाई चिहान बनाउन दिएको दाबी पनि अभियानले पेस गरेको छ ।

अभियानको संयोजक पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले गर्नुभएको छ । 

ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…

यो पनि

जागरण अभियानद्वारा पशुपति क्षेत्र विकासको बेथितिबारे मन्त्री पाण्डेलाई ध्यानाकर्षण

जागरण अभियानद्वारा पशुपति क्षेत्र विकासको बेथितिबारे मन्त्री पाण्डेलाई ध्यानाकर्षण

कार्तिक ४, काठमाडौँ । हिन्दु राष्ट्र स्वभिमान जागरण अभियानले पशुपति क्षेत्र विकास कोषक…

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…

दशैंको सट्टामा मनाइने खोकनाको सिकाली जात्रा

दशैंको सट्टामा मनाइने खोकनाको सिकाली जात्रा

२२ असोज, काठमाडौं । दशैं नमनाउने गाउँको रूपमा परिचित खोकनाको सबैभन्दा ठूलो सिकाल…

पशुपतिस्थित धर्मशालाको व्यवस्थापन कोषले नै गर्ने निर्णय

पशुपतिस्थित धर्मशालाको व्यवस्थापन कोषले नै गर्ने निर्णय

२० असोज, काठमाडौं । पशुपति क्षेत्रमा रहेको पशुपति धर्मशालाको व्यवस्थापन अब पशुपति क्ष…