SamwadKhabar logo

               

खेलकूद

अमेरिकाविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालको पहिलो ‘क्लिन स्विप’

संवाद खबर

संवाद खबर

अमेरिकाविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालको पहिलो ‘क्लिन स्विप’

५ कार्तिक, काठमाडौं । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा पहिलो ‘क्लिन स्विप’ गरेको छ। 

सोमवार सम्पन्न भएको डालासस्थित ग्रान्ड प्रेरि क्रिकेट मैदानमा शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाली टोलीले कुनै पनि टोलीविरुद्ध पहिलो पटक सिरिज ‘क्लिन स्विप’ गरेको हो।

आज सम्पन्न भएको खेलमा अमेरिकालाई आठ विकेटले पराजित गर्यो । टक्सासस्थित ग्रान्ड प्रेरी स्टेडियममा टस जिती पहिले ब्याटिङको निर्णय लिएको अमेरिकाले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय ५६ रन बनाएको थियो। अमेरिकाका लागि सैतेजा मुकामलाले ६८ रन बनाउँदा मिलिन्डा कुमारले ४३ रन बनाए। त्यस्तै एरोन जोनेसले १३ रन तथा हर्मित सिंहले १० रन बनाएका थिए। नेपालका लागि सोमपाल कामीले ३ विकेट लिएका थिए।

जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १८.४ ओभरमै केवल दुई विकेट गुमाएर विजय लक्ष्य पुरा गर्यो ।  नेपालको सहज जितमा आसिफ शेखले ५० रनको अर्धशतकीय इनिङ खेल्दा कुशल मल्ल ४४ रनमा अविजित रहे भने उनलाई कुशल भुर्तेलले ४० रन बनाएर अविजित साथ दिएका थिए।

त्यसअघि ओपनर अनिल साह १३ रनमा आउट भए। अमेरिकाका लागि जुनायो ड्रयसडाली र जसदिप सिंहले समान १–१ विकेट लिए।

यसअघि खेलिएको पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको थियो । शृङ्खलाको दोस्रो खेलमा नेपाली टोलीले अमेरिकालाई ‘सुपर ओभर’ मा हराएको थियो। निर्धारित ओभरको खेल बराबरीमा सकिएपछि ‘सुपर ओभर’ बाट हार–जितको निर्णय निकालिएको थियो ।

ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…

यो पनि

अमेरिकाविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालको पहिलो ‘क्लिन स्विप’

अमेरिकाविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालको पहिलो ‘क्लिन स्विप’

५ कार्तिक, काठमाडौं । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी२० अन्तर्राष्ट्रिय क्रिकेट …

सुपर ओभरमा विजयी हुँदै अन्तिम खेल अघिनै नेपालले जित्यो अमेरिकाविरुद्धको सिरिज

सुपर ओभरमा विजयी हुँदै अन्तिम खेल अघिनै नेपालले जित्यो अमेरिकाविरुद्धको सिरिज

४ कार्तिक, काठमाडौँ । नेपालले दोस्रो टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा आइतवार अमेरिकालाई …

गोकर्णेश्वरमा बडा दशैँ फुटबल प्रतियोगिता हुँदै

गोकर्णेश्वरमा बडा दशैँ फुटबल प्रतियोगिता हुँदै

१४ असोज, काठमाडौं । गोकर्णेश्वर युवा उपकार क्लब ले नेपालीहरूको महान चाड बडा दशैं २…

एएफसी यु–२० एसियन कपः नेपाल आज बहराइनसँग भिड्दै

एएफसी यु–२० एसियन कपः नेपाल आज बहराइनसँग भिड्दै

११ असोज, काठमाडौं । चाइनिज ताइपेइमा भइरहेको एएफसी यु२० एसियन कप छनोटको समूह बी …