SamwadKhabar logo

समाचार

डेंगु संक्रमणको प्रकोप बढ्दै, गण्डकी प्रदेश सबैभन्दा बढी प्रभावित

संवाद खबर

संवाद खबर

डेंगु संक्रमणको प्रकोप बढ्दै, गण्डकी प्रदेश सबैभन्दा बढी प्रभावित

२० कार्तिक, काठमाडौं ।  नेपालमा डेंगु संक्रमणको प्रकोप बढ्दै जाँदा गण्डकी प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार यसवर्ष गण्डकी प्रदेशमा १३ हजार ८९८ जना संक्रमित भेटिएका छन्, जुन देशभरका कूल संक्रमितको झण्डै ५० प्रतिशत हो । गण्डकी प्रदेशमा डेंगुका कारण ८ जनाको मृत्यु भइसकेको छ । देशभर भने डेंगुबाट १२ जनाको मृत्यु भएको छ । 

डेंगु संक्रमणको प्रकोप बढ्दै जाँदा ६ जिल्ला उच्च जोखिममा परेका छन् । कास्की जिल्लामा ७ हजार १६१ संक्रमित फेला परेका छन् भने तनहुँमा २ हजार २२६ जना संक्रमित भेटिएका छन् । काठमाडौंमा ४ हजार ३१३ र ललितपुरमा १ हजार १११ संक्रमित भेटिएका छन् भने पर्वतमा १ हजार ६७७ र चितवनमा १ हजार ९९ संक्रमित पुष्टि भएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यसवर्ष २८ हजार २१२ संक्रमित भएका भएका छन् । काठमाडौँ उपत्यकामा पनि संक्रमणको दर उच्च रहेको छ ।

टेकु अस्पतालका चिफ कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसेका अनुसार केही बिरामीहरूमा दोहोरो संक्रमण देखिएको छ । यस्ता बिरामीहरूलाई आईसीयूमा राखेर उपचार गर्नुपरेको छ । उनका अनुसार अघिल्लो वर्षको संक्रमित लामखुट्टेका अण्डाहरू विकसित भएर यो वर्ष डेंगु फैलिएको हो ।

इडिसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार यो वर्ष गण्डकी प्रदेशका तीन जिल्ला ‘हटस्पट’ बनेका छन् । उनका अनुसार कुनै क्षेत्रमा डेंगु फैलिने यकिन अनुमान गर्न नसकिएता पनि फागुन–चैतमा देखिएको संक्रमितको संख्याले असार–साउनको संक्रमण दरको पूर्वानुमान गर्न सकिन्छ । तर कुन क्षेत्रमा डेंगु फैलिन्छ भनेर यकिन गर्न भने सकिंदैन । 

स्वास्थ्य विज्ञहरूले डेंगु नियन्त्रणका लागि समुदाय स्तरमा सचेतना र लामखुट्टेको वृद्धि रोक्ने खोज तथा नष्ट अभियानलाई तीव्रता दिनुपर्ने सुझाव दिएका छन् । विशेष गरी जोखिम समूहका व्यक्तिहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि