SamwadKhabar logo

समाचार

आमाको हत्या गरेको आरोपमा एकजना पक्राउ

संवाद खबर

संवाद खबर

आमाको हत्या गरेको आरोपमा एकजना पक्राउ

२० कार्तिक, काठमाडौं । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले आमाको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काका अनुसार अपराधिले कार्तिक १६ गते सुन र नगदका लागि ६९ वर्षीय आफ्नै आमाको हत्या गरी फरार रहेकालाई कार्तिक १८ गते प्रहरीले पक्राउ गरेको हो । 

मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रहरीले आफ्नै आमाको हत्या गरेको आरोपमा जिल्लाको रोसी गाउँपालिका–३ का २८ वर्षका फुर्साङ लामालाई सार्वजनिक गरेको हो। 

घटनाको अनुसन्धानको क्रममा फुर्साङले आमाले लगाएको सुन र पैसा लिनको लागि लोरो, झ्याल र ढोकाको आग्लोले हानेर हत्या गरेको खुलासा भएको छ । 

आफुसँग भएको चौध सय रुपियाँबाट काठमाडौँको कोठाको भाडा तिर्न नपुग्ने र आफूलाई चाहिने खर्च नटर्ने भएपछि खाना खाएर सुतेकी आमालाई लोरोले दुई पटक झ्यालको आग्लोले हानेको र झ्यालको आग्लो भाँचिएपछी ढोकाको आग्लोले हानेर हत्या गरेको पाइएको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो । 

आमाको हत्या आरोपमा पक्राउ परेका फुर्साङको साथबाट नगद नौ हजार नौ सय रुपियाँ र २०६९ सालमा आमाको कानमा लगाएको रिङको बिल फेला पारेको प्रहरीले बताएको छ । 

प्रहरी उपरीक्षक खड्काले घटनाको अनुसन्धान गर्ने क्रममा फुर्साङले आमाको हत्या गरेपछि घर पछाडि खाल्डो खनेर पुरेको अवस्थामा सुन र रगत लागेको तीन हजार रुपियाँ फेला पारेको बताउनुभयो। 

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि