SamwadKhabar logo

               

धर्म संस्कृति

छठ पर्वको तयारी अन्तिम चरणमा, वागमति तटमा छठ घाट तयार हुँदै (तस्विरहरु)

संवाद खबर

संवाद खबर

छठ पर्वको तयारी अन्तिम चरणमा, वागमति तटमा छठ घाट तयार हुँदै (तस्विरहरु)

२१ कार्तिक, काठमाडौं । शुद्धता र आपसी सद्भावका रूपमा प्रचलित छठ पर्वको अवसरमा पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिरबाट–गौरीघाट चोकसम्म झिलीमिली बत्ती राखिनुको साथै वागमती किनारलाई सजाएर पूजाका लागि छठ घाट निर्माण तथा सरसफाइ कार्य लगभग अन्तिम चरणमा पुगेको छ ।  

पछिल्ला वर्षमा काठमाडौं लगायत देशैभरी छठ मनाउन थालिएको छ । भोली अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठको विशेष पूजा आराधना हुँदैछ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही नै यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । वैदिक साहित्यको मुख्य सार सूर्य उपासना नै हो । वेदमा सूर्यलाई ऐश्वर्यका रूपमा र ऋगवेदमा सूर्यलाई नै सबै देवताको स्रोत मानिएको छ । सृष्टिका सबै जीव र वनस्पति सूर्यको तापबाट नै बाँचेका छन् । ऋगवेदमा भनिएको छ, “सूर्य आत्मा जगतस्य स्थुपश्च” अथर्ववेदमा त सूर्यलाई ब्रह्मको साकार रूप नै मानिएको छ ।

छठ पर्वले एक ठाउँमा भेला गराएर साँचो अर्थमा समान व्यक्तित्वको आदर्शसमेत स्थपित गर्दछ । यही आस्था र विश्वासले यहाँका इतिहास वर्णित जलाशयलाई सरसफाइ गरी बेहुली झैँ सिङ्गारिएको छ । आस्थाको महापर्वका रूपमा छठ पर्व वर्षमा दुईपटक मनाउने गरिन्छ । शरद् ऋतुको कार्तिक षष्ठीका दिन र अर्को वसन्त लागेको चैत महिनाको षष्ठीका दिन मनाइने गरिन्छ ।

भोलि हुने छठपर्वका लागि काठमाडौंका आठ स्थानमा छठघाट निर्माण गरिएको छ । काठमाडौँ महानगरपालिकाका अनुसार गौरी घाट, कोटेश्वर दोभान, कमल पोखरी, वंशीघाट,  बालाजु बाइसधारा, धौखेल खोला,  कुमारी क्लब र भुवनेश्वरी मन्दिरमा छठ पर्व मनाइन लागिएको हो ।  

छठ पर्वको आस्था र महत्व बोध भएको कारणले सरकारले पनि भोलि सार्वजनिक विदा दिइएको छ ।

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

एनसेलले ल्यायो विद्यार्थीका लागि ‘पहिलो सिम’ अफर , निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा

६ वैशाख, काठमाडौं । एनसेलले माध्यमिक शिक्षा परीक्षा एसईई) दिएका विद्यार्थीहरूका लागि…

चोरी भएको मूर्ति आफ्नै मौलिक स्थानमा पुनर्स्थापित

६ वैशाख, काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक परिचय बोकेको मरु टोलस्थित …

लोकप्रिय

सबै

आमाको माया छात्रावासको १६ औं वार्षिकोत्सव भव्यका साथ सम्पन्न

६ वैशाख, काठमाडौं ।जनजाति कल्याण आश्रम, नेपालद्वारा सञ्चालित आमाको माया छात्रावास बा…

प्राज्ञिक विद्यार्थी परिषद्द्वारा शिक्षामन्त्री पोखरेललाई शिक्षा क्षेत्रको सुधार सुझाव पत्र पेश

३ वैशाख, काठमाडौं । शिक्षा क्षेत्रको समग्र सुधारका लागि प्राज्ञिक विद्यार्थी परिषद् नेपा…

चौथो पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै २९ वर्षीय सुजन बाग श्रेष्ठ

२ वैशाख, काठमाडौं । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मना…

यातायात व्यवस्था विभागद्वारा छापिएका ६ सय ७४  थान लाइसेन्सको विवरण सार्वजनिक

४ वैशाख, काठमाडौं । यातायात व्यवस्था विभागले छापिएका ६ सय ७४ थान सवारी लाइसेन्स सा…

यो पनि

भोजन संस्कार

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

चोरी भएको मूर्ति आफ्नै मौलिक स्थानमा पुनर्स्थापित

चोरी भएको मूर्ति आफ्नै मौलिक स्थानमा पुनर्स्थापित

६ वैशाख, काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक परिचय बोकेको मरु टोलस्थित …

पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेरिँदै

पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेरिँदै

६ वैशाख, काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित जयवागेश्वरीको कलेव…

परशुराम जयन्ती

परशुराम जयन्ती

पौराणिक प्रसंगअनुसार आजकै दिनमा भगवान् विष्णुले परशुराम अवतार लिनुभएकाले परशुराम ज…