कार्तिक २३, काठमाडौं । शुक्रवारदेखि ममर्तका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएपछि हवाई भाडामा अचाक्ली वृद्धि भएको छ।
विमानस्थलको रन–वे र ट्याक्सी–वे मर्मतका लागि विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द सुरु गरिएको हो । यसअघि विमानस्थल दैनिक तीन घण्टा अर्थात् राति १ बजेदेखि बिहान ४ बजेसम्म बन्द हुँदै आएको छ।
अन्तर्राष्ट्रिय विमानस्थल दश घण्टा बन्दा गर्दा आन्तरिक तथा बाह्य उडान संख्यामा उल्लेख्य मात्रामा कटौती हुँदा भाडा पाँच गुणासम्म वृद्धि भइसकेको छ।
पर्यटनको मुख्य सिजन अक्टोबर-नोभेम्बरमा चर्को भाडा बृद्धि हुँदा कोराना महामारीपछि तंग्रिदै गरेको पर्यटन व्यवसायमै गम्भीर असर पर्ने देखिएको छ ।
विमानस्थल मर्मतको सूचना सार्वजनिक भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रियतर्फ करिब २९ प्रतिशत र आन्तरिक उडान ३५ ले कटौती भएको जनाएको छ।
विमानस्थल बन्द नहुँदै अन्तर्राष्ट्रिय हवाई टिकटमा ‘कालोबजारी’
यसैगरी, प्राधिकरणले उडान सङ्ख्या कटौती गर्ने उल्लेख गरेसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैतर्फको भाडा बढ्न थालेको छ । उडानको आपूर्ति कम भएससँगै यसअघि निर्धारित भाडदारभन्दा तेब्बरसम्म भाडा तिर्नुपरेको गुनासो यात्रुहरूले गर्दै आएका छन् । यसअघि काठमाडौँ–दिल्ली १४ हजार रुपैयाँसम्म झरेको भाडा अहिले ३५-४० हजारसम्म पुगेको र महँगो मूल्य तिर्दा पनि टिकट नपाएको यात्रुहरूको गुनासो छ ।
उडान तालिका कटौती भएको मौकामा टिकट बढाउन भने एयरलाइन्स कम्पनी तथा सम्बन्धित कम्पनीका बिक्री एजेन्ट ९जीएसए० हरूको चलखेल रहेको आरोप समेत यात्रुहरूले लगाउँदै आएका छन् । भएको टिकट समेत लुकाएर अभाव सिर्जना गराउने र जबरजस्ती महँगो टिकट बेचेर कालोबजारी गरिएको आरोप एजेन्टहरूमाथि लाग्ने गरेको छ ।