SamwadKhabar logo

समाचार

रवि र छविसहित ४ जनालाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

संवाद खबर

संवाद खबर

रवि र छविसहित ४ जनालाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

२५ कार्तिक, काठमाडौं । सहकारी ठगी प्रकरणमा सभापतिरवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीसहित ४ जनालाई थप १३ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । म्याद थपका लागि भएको बहस सकिएपछि आज आइतवार कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलासमा रविलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । 

अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको म्याद सकिएपछि रविमाथि थप अनुसन्धान गर्नका लागि पुनः म्याद थप गरिएको हो । रविसँगै सहकारी ठगी प्रकरणमा हिरासतमै रहेका पूर्वडीआइजी जोशी, लीला पछाई र रामकुमार खनाललाई पनि १३ दिन म्याद थप गरिएको छ ।  

आजको बहसमा न्यायाधीश नवराज दाहालको इजलासमा पीडितहरुको तर्फबाट कृष्णप्रसाद जैसीले बोल्नु भएको थियो भने रवि लामिछानेले पनि बोल्नु भएको हो । उहाँले आफूमाथि राजनीतिक प्रतिशोध साधेको र रकम हिनामिनामा आफ्नो कुनै संलग्नता नरहेको आज पनि त्यही दोहोर्‍याउनु भएको थियो । 

आजको बहसमा रविको तर्फ वरिष्ठ अधिवक्ता सुशील पन्त, मेघराज पोख्रेल, नारायण घिमिरेले बहस गर्नुभयो । एउटै मुद्दामा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीका तर्फबाट वरिष्ठ अधिवक्ता जगनाथ ढकाल र कृष्ण बहादुर थापाले बहस गर्नुभएको थियो । यसैगरी, जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्मा र विपिनराज तिवारी र सहकारी पीडितका तर्फबाट अधिवक्ता युवराज पराजुली र बीबी विष्टले बहस गर्नुभयो ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेकाविरुद्ध सहकारी  ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको समेत मुद्दा छ । 
 
ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि